२८ मंसिर २०८२, आइतबार | December 14, 2025

डिजल र मट्टीतेलको मूल्य घट्यो



काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर  ०.९ रुपैयाँ घटेर आएसँगै मूल्य समायोजन गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास रु. ६.२७ ले बढेर आएको तथा प्रति लिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको निगमले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलि बिहान १ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु. १.०० ले घटाईएको तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमका अनुसार एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : २९ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%