नेपालगन्ज ।राजावादीहरुले देशैभर आफ्नो गतिबिधिलाई बढाउन थालेका छन् । लोकतन्त्र र गणतन्त्रबादी राजनीतिक दलहरुले परिणाममुखी काम गर्न नसकेपछि राजाबादीहरु बिभिन्न नामबाट जाग्न थालेका हुन् ।
धर्मलाई मुख्य आधार बनाएर राजतन्त्रको पुनस्थापनाको कल्पना गरेको समुहले हिन्दु अधिराज्य स्तापनाको बहाना बनाउँदै राजावादीहरुलाई संगठित गरिरहेका छन् । राजावादी राजनीतिक दल र केही फरक नाम रहेका समुहले हिन्दुराज्यको माग गर्दै नेपालगन्जमा मोटरसाइकल र्याली गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल, शिव सेना, विश्व हिन्दु महासंघलगायत हिन्दु राज्य चाहने राजाबादी पार्टी, संघसंस्थाको अगुवाईमा फाल्गुन १९ गते नेपालगन्जमा मोटरसाइकल र्याली हुने भएको हो ।
मोटरसाइकल र्यालीमार्फत जनतालाई उठाउने र जगाउने सम्बद्वको दाबी छ छ । वर्तमान गणतन्त्रात्मक ब्यवस्था बदल्न सातवटै प्रदेशमा कार्यक्रम गरिने राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले बताए । उनले त्यसैको तयारी स्वरुप सातै प्रदेशमा मोटरसाइकल र्याली र आमसभा भइरहेको बताए ।
राजाबादीहरुले देशका बिभिन्न स्थानहरुमा प्रचारात्मक कार्यक्रम सकेपछि चैत्र दोस्रो हप्ता काठमाडौमा ठूलो प्रदर्शन गर्ने तयारी समेत गरेको जनाएका छन् ।
प्रतिक्रिया