२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कम्युनिष्टहरुबीच मिल्ने होइन, नयाँ आधारमा एकता सम्भव छ- विप्लव



कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबीच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् ।

रास्कोट नगरपालिकाले बुधबार विहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबीच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् ।

उनले भने,‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरुको बीचको एकता पनि रुपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो ।’

उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे ।

महासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिदै समाजवादी मोडलमा काम गर्न सुझाव दिए । उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ५९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%