१ बैशाख २०८२, सोमबार | April 14, 2025

राजकुमार र ममताले जिते लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिता



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले प्राप्त गरेका छन् । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मँगलबार विहान बुटवलको गोगीकुटीदेखि अस्पताल परिसरसम्म भएको दौड प्रतियोगितामा पुरुषतर्फ म्यारामेडिक्स विगागमा कार्यरत बुढा मगर र महिलातर्फ स्ताफनर्स थापाले जित दर्ता गरेकी हुन् ।

यसैगरी पुरुषतर्फको दौड प्रतियोगितामा हिमाल कार्की दोस्रो, दानबादुर बस्नेत तृतीय तथा दुर्गा सार्की चौथो बन्न सफल भए । महिलातर्फ लक्ष्मी रातो बोहोरा दोस्रो, मञ्जु चौधरी तेस्रो तथा लक्ष्मी तामाङ चौथो हुन सफल भइन् ।

दौड प्रतियोगिताको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, मेडिकल सुपेरिटेन्डेन डा। ईन्द्र ढकाल, प्रशासकीय प्रमुख राज केसी तथा लेखा शाखा प्रमुख खगेश्वर घिमिरेको उपस्थितीमा समुद्घाटन गरिएको थियो । सधै बिरामीको उपचार र सेवामा समर्पित हुने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई विभिन्न रचनात्मक खेलकुद गतिविधिले शारिरीक मानसिक स्फुर्ति प्रदान हुने अध्यक्ष श्रेष्ठले बताए ।

सधै अरुको स्वास्थ्यका बारेमा चिन्ता गर्ने स्वास्थ्यकर्मीहरु स्वयम् आफ्नो स्वास्थ्यमा समेत सचेत हुनु पर्ने बताउँदै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। ढकालले खेलको माध्यमबाट सामुहित सहकार्यको भावना समेत बिकास हुने विश्वाष व्यक्त गरे ।

अस्पतालको स्थापना दिवसका अवसरमा सोमबार सरसफाई तथा बिरामीलाई फलफुल वितरण गरिएको थियो । यही फागुन १५ गते मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाउन लागिएको प्रशासकीय प्रमुख केसीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले समुद्घाटन गर्ने उक्त कार्यक्रममा अस्पतालको गतिविधि समेटिएको स्मारिका विमोचन तथा अवकास प्राप्त गरेका र सेवारत स्वाथ्यकर्मी तथा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ४५ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल