१८ चैत्र २०८१, सोमबार | March 31, 2025

सामुदायिक विद्यालयतर्फ कान्ति माविलाई दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०८१ को उपाधि



बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि “ख” समुहले उपाधि हात पारेको छ । झुमडा नाचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा रहेका अन्य २७ समुहलाई पछि पार्दै विजेता बन्न सफल भएको हो ।

उपाधिसँगै उक्त समुहले नगद ७५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । यसैगरी सिद्देश्वर लालकुमारी मावि दोस्रो हुन सफल भएको छ । साकेला नाच प्रस्तुत गरेको उक्त विद्यालयले नगद ५० हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रतियोगितामा कौडा नाच प्रस्तुत गरेको नवीन औद्योगिक कदरबहादुर रिता मावि “ख” समुहले तृतीय स्थान हासिल गर्दै नगद ३५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भवानी मावि र नवीन औद्योगिक कदरबहादुर रिता मावि “क” समुहले सान्त्वना स्थान हासिल गर्दै समान २५ हजार नगद राशी पुस्कार प्राप्त गरेका छन् । यी दुबै समुहले झुमडा नाच प्रस्तुत गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपमहानगरले लोक सँस्कृति र खेलकुदको बिकासका लागि विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको बताए ।

उपप्रमुख सावित्रा अर्यालले बुटवलको शैक्षिक विकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन । सोमबार २६ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक बिकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा कलाकारहरु दुर्गा रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : १६ बजे

नेताहरुद्वारा वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धान्जली अर्पण

काठमाडौं । वरिष्ठ पत्रकार कमल कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण

राजेन्द्र लिङ्देनले भने – युवापुस्ताले गणतन्त्र उल्ट्याउँछ

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब

तीनकुने घटनामा संलग्न जो सुकै भएपनि कडा कारवाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा

माकलबारीमा गाडिएको शव फेला, छ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा राप्रपा सांसदद्वारा अवरोध प्रयास

काठमाडौं । प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका