२३ चैत्र २०८१, शनिबार | April 5, 2025

पाथीभरामा केवलकार निर्माण तत्काल रोक्न रास्वपाको माग



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर सरकारले यस्तो निर्णय लिनुपर्ने बताइन् । ‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु – त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्,’ उनले भनिन् ।

कार्कीले बल मार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा जोड दिइन् । ‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्ने ?’, उनले प्रतिप्रश्न गर्दै भनिन् ।

एमाले सांसद योगेश भट्टराईले पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको बताएपछि रास्वपा सांसद कार्कीले निर्माण कार्य तत्काल स्थगित गर्न माग गरेकी हुन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ३६ बजे

चैतेदसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

बागलुङ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ । बागलुङ

चैतेदसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

काठमाडौं । चैतेदसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको

वन वाटिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै खिमलाल पाण्डे निर्वाचित

बुटवल । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको