२३ चैत्र २०८१, शनिबार | April 5, 2025

बाँकेमा रैथाने बीउको संरक्षण र उपयोग सुरु



नेपालगन्ज । कोहलपुर नगरपालिका–२ को मुक्तिपुरमा रैथाने बीउको संरक्षण र उपयोग सुरु भएको छ ।

राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैङ्क) खुमलटार ललितपुरले आजदेखि रैथाने कृषि परियोजना शुभारम्भ गरेसँगै यसको संरक्षण र उपयोग गर्न सुरु गरिएको हो ।

रैथाने बालीका रूपमा कोदोका सबै प्रजाति, मसुरो, भट्टमास, लट्टे, फापर, जौँका प्रजाति, कागुनो, आलुलगायत बालीको संरक्षण तथा उपयोग गरेर बीउ र उत्पादनबाट किसानले लाभ लिन सक्ने कृषि अनुसन्धान परिषद् (नार्क)का प्राविधिक अधिकृत डा मुकुन्द भट्टराईले जानकारी दिए ।

उनले बीउ उत्पादन भइरहेको स्थानीय हिउँदे सिमीको समेत संरक्षणमा जोड दिँदै लमजुङ र बाँकेमा रैथाने जातलाई संरक्षण गर्न खोजिएको बताए । “किसानसँग सहकार्य गरेर सामुदायिक बीउ बैङ्कको अवधारणामा काम गर्न खोजिएको छ”, उनले भने ।

नार्कका वैज्ञानिक दीपासिंह श्रेष्ठले रैथाने जातको बीउले अन्य जातको तुलनामा बढी उत्पादन दिने उल्लेख गर्दै सुख्खा ठाउँमा हुने कोदोको प्रजातिसँगै डुबानमा पनि उत्पादन हुने कोदोको जात फेला परेकोले यसको प्रवर्द्धन गर्न थालिएको बताइन् ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले ज्ञान केन्द्रबाट स्थानीय बालीको प्रवर्द्धन गर्ने कार्यक्रम रहेको जानकारी दिँदै स्थानीय बालीको प्रचारप्रसार गरेर त्यसलाई चिनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले बाँके र बर्दियामा स्थानीय प्रजातिलाई प्रवर्द्धन गर्न उत्पादनलाई जीन बैङ्कमा पठाउने गरिएको उल्लेख गर्दै किसानले स्थानीय रूपमा संरक्षण गरेका बालीलाई बढवा दिन ज्ञान केन्द्रले किसानसँग सहकार्य गर्ने बताए ।

कोहलपुर–२ का भेरी जेष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले रैथाने बालीको संरक्षणबाट आफूहरू उत्साहित भएको उल्लेख गर्दै विगतमा पूर्खा स्वस्थ आहारका कारण निरोगी भएकाले यस्ता बालीको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक भएको बताए ।

उनले यस क्षेत्रका करिब १० जना किसान संलग्न भएर समूह बनाइएको बताउँदै रैथाने बालीको प्राकृतिक रूपमा खेती गर्ने र त्यसमा रासायनिक मल तथा विषादीको प्रयोग नगर्ने जानकारी दिए । कृषक रिजालका अनुसार धान, मकै गहुँलगायत रैथाने बालीको बीउ आउने गरेको छ । उक्त बीउ कृषक समूहमा वितरण हुने गरेको उनले जानकारी दिए।

सामुदायिक जिन बैङ्क गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले लोपोन्मुख प्रजातिका रैथाने बालीलाई संरक्षण गर्न यसले सघाउ पु¥याउने उल्लेख गर्दै गाभर भ्यालीमा भएको कोदोको उत्पादन परीक्षणले किसानलाई उत्साहित बनाएको बताए ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : २५ बजे

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण

म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

याङ्गुन । म्यानमारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन

नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले