३० चैत्र २०८१, शनिबार | April 12, 2025

टोल विकासका पदाधिकारीको क्षमता विकास गर्दै सिद्धार्थनगर



भैरहवा । ७ दिन अघि माइक समात्दा समेत अतालिन्थे तर आज स्थिती फेरिएको छ आज निर्धक्ता साथ बोल्ने भएको छु यो भनाई सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा बुद्ध शान्ति टोल सुधार समितिको समन्वयमा प्रशिक्षार्थीको रुपमा सहभागि अमृता रानाको हो । “कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा” भन्ने मूल नारालाई आत्मसाथ गर्दै ७ दिने क्षेमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै प्रशिक्षार्थी तिलक रानाले सहज र सरल वातावरणमा सिक्ने अवसर पाएको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नं ३ मा गठित टोल सुधार समितिका पदाधिकारीलाई उदघोषण कला तथा माईन्यूट लेखन सम्बन्धी अभिमूखीकरण कार्यक्रम २०८१ को समापनमा बोल्दै सिद्धार्थनगरपालिका वडा नं ३ का कार्यक्रमका कार्यबाहक अध्यक्ष गयतीरा हरिजनले यस खालका कार्यक्रमको आवश्यक्ता रहेको बताउँदै यस खालका तालिमलाई निरन्तरता दिन आग्रह गरीन् ।

कार्यक्रममा बोल्दै बुद्ध शान्ति टोल सुधार समितिका अध्यक्ष गिरीजापति मिश्रा आगामी दिनमा टोल भेला गरी सबैलाई अवसर दिने काम गरीने प्रतिवद्धता व्यक्त गरे । ७ दिने तालिममा वडा नं ३ का सम्पूर्ण टोल सुधार समितिका पदाधिकारी र सदस्य गरी जम्मा ३५ जनाको उपस्थिती रहेको कार्यक्रमको संचालन सिद्धार्थ नगरनगरपालिका सामाजिक शाखा अधिकृत लक्षमण गिरीले संचालन गरेका थिए भने कार्यक्रममा आइटी अधिकृत तपन पाण्डे, एम आइ एस अपरेटर ज्योत्सना हरिजन लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : ०२ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको