९ बैशाख २०८२, मंगलबार | April 22, 2025

संघीयताले विकासको ढोका खोलेको छ : मुख्यमन्त्री आचार्य



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षको बजेटमा साना आयोजनालाइ कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताएका छन् । नेकपा एमालेले शितगंगा नगरपालिका(२ सितापुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले साना योजनालाइ निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेको बताएका हुन् ।

‘साना आयोजनालाइ निरुत्साहित गर्नेगरी तयारी गर्दै छौं,’ उनले भने -‘उपलब्धि देखिने आयोजना सरकारको प्राथमिकतामा पर्छन ।’

उनले प्रदेश सरकारले मझौला खालका आयोजनालाइ सम्पन्न गर्नेगरी बजेटमा सम्बोधन गर्ने विश्वास दिलाए । प्रदेश स्थापना भएपछि विकास निर्माणको कामले गति लिएको बताउदै उनले यी उपलब्धि देख्न नसक्नेहरुले गलत भास्य खडा गर्न खोजेको बताए ।’संघीयताले विकासको ढोका खोलेको छ । देख्न, हेर्न र बुझ्न सक्नुहुन्छ,’ उनले भने-‘म सप्रमाण भन्न सक्छु जता फर्केर हेर्दा पनि सञ्चालन भइरहेका आयोजना प्रदेशकै हुन । प्रदेशको काम छैन भनेर गलत भास्य खडा गरिदैछ । किमार्थ त्यस्तो होइन ।’

शितगंगा नगरपालिका भूगोलको रुपमा ठुलो हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र समस्या समाधानका लागि सेवा केन्द्र स्थापनाका लागि पहल गर्ने बताए ।’समस्यको बारेमा जानकारी छ । आशा भरोसालाइ सकेसम्म सम्बोधन गर्ने छौं,’ उनले भने, -‘देश सरकारले हरेक क्षेत्रलाई सम्बोधन गरेको छ ।’ यस्तै उनले राजनीतिक अस्थिरताले समस्या सृजना भएको र अहिले राजनीतिक स्थायित्व कायम भएकाले विकास निर्माणको कामले गति लिएको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : १७ बजे

आज पनि शिक्षक आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा

नवलपुरमा बाबुआमाको कुटपिटबाट ४ महिने शिशुको मृत्यु

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट

भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन्