नेपालगन्ज । सरकारी, गैरसरकारी र सहकारी जस्ता संस्थाहरुमा हुने गरेको भ्रष्टाचारको कथा नेपालीहरुमा सामान्य जस्तै बन्न पुगेको छ । राजनीतिक नेतृत्वका कतिपय शिर्श नेताहरु नै कुनै न कुनै भ्रष्टाचार मुद्दामा जोडिन थालेपछि त्यस मातहतमा हुने भ्रष्टाचारका मुद्दा समान्य जस्तै बन्न पुगेको हो । पछिल्लो समय त सरकारी अड्डा, न्यायालय, भन्सार, मालपोत, नापी जस्ता निकायमा मात्र होईन घुस नखुवाई कुनै काम नै बन्दैन भन्ने भाष्य आम जनमानसको मानसपटलमा निर्माण भएको छ ।
पछिल्लो समय त सरकारी अड्डा, न्यायालय, भन्सार, मालपोत, नापी जस्ता निकायमा मात्र होईन घुस नखुवाई कुनै काम नै बन्दैन भन्ने भाष्य आम जनमानसको मानसपटलमा निर्माण भएको छ ।
भ्रष्टाचार निवारणका लागि बनेका निकायहरुले भ्रष्टाचारका मुद्दाहरुमा फर्च्यौटको संख्या निरासा जनकमात्र होईन त्यस्ता निकायहरुमा पनि भ्रष्टाचार हुने गरेको तथ्य समेत बाहिर आएको छ । सामाजिक सदाचार र सदभावका लागि भन्दै नचलाइएका धार्मिक क्षेत्रमा हुने भ्रष्टाचार अझै बिकराल देखिन्छ । भ्रष्टाचार निवारण गर्ने निकायले सामाजिक सदभाव नबिगार्न भन्दै मौन बसिदिँदा धार्मिक अगुवाहरुलाई भ्रष्टाचार गर्ने अघोषित अनुमति पाए जस्तै बनेको छ ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा मुल महन्त चन्दननाथ योगीले गरेको मन्दिरको सम्पत्ति हिनामिनाको मुद्दा कहाँ छ ? सायदै कसैलाई थाहा होला । काठमाडौको पशुपतिनाथ मन्दिरको ब्यवस्थापन गर्न खोज्दा झण्डै सरकार नै ढल्न खोजेको यथार्थ पनि हामीसंग छ । पछिल्लो समयमा भारतको केदारनाथ र बद्रीनाथमा रहेका महन्त र मठाधीसहरुबाट प्राप्त अथाह सम्पत्तीले पनि हिन्दु आस्थाका केन्द्रहरुमा हुने गरेको बिकृती उजागर गरेको छ । झण्डै ४ हजार बर्ष पहिले स्थापना भएको भनिएको नेपाल र भारतका लाखौ तिर्थालुहरुको आस्थाको केन्द्र बनेको नेपालगन्ज स्थित बागेश्वरी मन्दिरको भ्रष्टाचार काण्ड पनि सामाजिक सदभावकै बहानमा ओझेलमा पारिएको छ ।
सामाजिक सदाचार र सदभावका लागि भन्दै नचलाइएका धार्मिक क्षेत्रमा हुने भ्रष्टाचार अझै बिकराल देखिन्छ । भ्रष्टाचार निवारण गर्ने निकायले सामाजिक सदभाव नबिगार्न भन्दै मौन बसिदिँदा धार्मिक अगुवाहरुलाई भ्रष्टाचार गर्ने अघोषित अनुमति पाए जस्तै बनेको छ ।
मन्दिरको जति महिमा छ त्यतीनै मन्दिरको सम्पत्ति पनि अथाह रहेको बिगतका तथ्यबाट देख्न सकिन्छ । बांके कम्पनी सरकारबाट नेपाल राज्यमा फिर्ता पूर्व तुलसीपुर राज्यमा हुने बेलामा बलरामपुर स्ेटटका महाराज दिग्बिजय सिंहले दिएको मौजा र बिभीन्न बेला भक्तहरुले चढाएको जग्गा तथा गरगहनाको मात्र हिसाव गर्ने हो भने पनि बागेश्वरी मन्दिरको नाममा करोडौ रुपैयाको सम्पत्ती हुनु पर्ने हो , तर अहिले बागेश्वरी मन्दिरको नाममा निकै सिमीत सम्पत्ती बांकी रहेको देखीन्छ ।
बागेश्वरी मन्दिरको नाममा रहेको अथाह जायजेथा कहां कुन अबस्थामा छ ? खोज्नका लागि कसैले पनी प्रयास गरेको छैन । कुनै बेला सयौ बिगाहा जमीन र करोडौ सम्पत्ति जायजेठा भएको बागेश्वरीको सम्पत्तीको रेखदेख र संरक्षण गर्न बागेश्वरीका भक्त हुं भन्नेहरु नै असफल देखीएका छन् ।
सन १२६७ मा बांके कम्पनी सरकारको अधिनस्त रहंदा बलरामपुर स्टेटका महाराज दिगबिजय सिंहले सनद गरि बागेश्रीलाई ईन्द्रपुर करमोहना क्षेत्रको करिव १ सय बिगाहा जग्गा दिएका थिए । २०२५ साल सम्म बागेश्वरी मन्दिरको नाममा ९९ बिघाहा ५ कट्टा १४ धुर जग्गा रहेको थियो । बांकेको साबिक ईन्द्रपुर गांउ बिकास समितीको करमोहोना गांउमा मन्दिरको नाममा रहेको उक्त जग्गाको अहिले सबै ब्यक्तिहरुका नाममा पुगेको छ । करमोहोनामा भएको मन्दिरको नाममा रहेको जग्गा मध्ये २०२८।०७।१४ गते तत्कालीन भुमि प्रसासन कार्यालय बांकेको निर्णय अनुसार नित्य पुजा गर्ने र सन्त महन्तहरुको आयमा आवास तथा हण्डि दिने परम्परा अनुसार महन्तका दरसन्तानले खाने गरी महन्त द्धय हरीहरनाथ योगिलाई ९ बिघाहा १९ कट्टा ५ धुर र चन्दननाथ योगिलाई ९ बिघाहा १३ कट्टा १२ धुर रजिष्ट्रेसन गरी दिईएको मालपोत कार्यालयमा तथ्यांक देखिन्छ । तत्काल मन्दिरका नाममा रहेको ९९ बिघाहा जग्गा २०२८ सालमा दर्ता हुंदा ८७ बिघाहा २ कट्टा ३ धुरमा सिमीत भयो । तर बांकी जग्गाको रेकर्ड अहिले सम्म पनी कोही कसैसंग छैन ।
२०२८ सालमा मन्दिरको नाममा रहेको ८७ बिघाहा २ कट्टा ३ धुर बाट पुजारी महन्तहरुलाई दिई बंचेको शेष जग्गा समेत षडयन्त्रमुलक तरीकाले रैतान गुठिमा परीणत गरी पुजारीहरुले बेचि सिध्याएका छन ।
२०२८ सालमा मन्दिरको नाममा रहेको ८७ बिघाहा २ कट्टा ३ धुर बाट पुजारी महन्तहरुलाई दिई बंचेको शेष जग्गा समेत षडयन्त्रमुलक तरीकाले रैतान गुठिमा परीणत गरी पुजारीहरुले बेचि सिध्याएका छन ।
अहिले बागेश्वरीको नाममा खजुराखुर्द गाबिसको वार्ड न. २ मा रहेको ३ बिघाहा ११ कट्टा १४ धुर र नेपालगञ्जमा गोश्वारा नापीमा दर्ता हुन बांकी हाल मन्दिर रहेको जग्गा बाहेक सरकारी श्रेस्तामा अन्य जग्गा देखीदैन । खजुराखुर्दमा राम प्रसाद दवाडले ४ बिघाहा जग्गा मन्दिरका नाममा चढाएपनी हाल आएर सो जग्गा ३ बिघाहा ११ कट्टा १४ धुरमा सिमीत भएको छ ।
उता परसपुर ९ का बालक अहिरले चढाएको ३ कट्टा १ धुर जगगाको समेत मन्दिर संग कुनै स्वामित्व छैन । २०१३ सालमा नेपालगञ्ज नगरको सल्यानी बागमा संकर प्रसाद उपाध्यले चढाएको १ बिघाहा १५ कट्टा जग्गा मन्दिर ब्यबस्थापन समितीले ब्यवास्ता गरेपछी २०२५ सालको सर्भे नापीमा दाता उपाध्यायकै श्रीमतीहरुले आफनो नाममा नापी गराएका थिए ।
२०१७ सालमा ततकलीन राजा महेन्द्रले शासन सत्ता हातमा लिए लगत्तै नेपालभरी रहेका सबै पठ मन्दिरको सम्पूर्ण चल अचल सम्पत्ती राज गुठीमा परिणत भएको घोषणा गर्दै बेचबिखनमा प्रतिबन्ध लगाएका थिए । नेपालका सबै क्षेत्रका मठमन्दिरमा राजाको त्यो हुकुम लागु भयो तर नेपालगन्जको बागेश्वरीमा किन लागु भएर ? राणा र अंग्रेजहरुले मौजा भन्दै बितरण गरेका हजारौ बिगाहा जग्गा भुमिसुधार भन्दै राष्टियकरण भयो तर बागेश्वरी गुठीको जग्गा पुजारीहरुको स्वामीत्वमा कसरी बन्न पुग्यो ? र पुजारीहरुलाई पुजा गरेबापत हण्डी भन्दै १९ बिगाहा भन्दा बढी जग्गा दिए पछि पनि उनीहरुले नै बांकी शेष जग्गा बेच्ने अधिकार कसरी पाए ? यतीबेला यो प्रश्न बागेश्वरीका अगाडी तेर्सिएका छन् ।
हिन्दु धर्मको आस्थाको केन्द्रकारुपमा रहेको बागेश्वरी मन्दिरको अपचलनसंगै मुस्लिम धर्मालम्बीहरुको धरोहर नेपालगन्जको जामा मज्दिजमा पनि करोडौंको हिनामिना भएको तथ्य बाहिर आएको छ । दारुल उलम फैजन्नवी जामा मज्दिज इदगाहा संचालक समितिमा भएको आर्थिक अनियमिताले अहिले नेपालगन्जको माहोल तताएको छ । विगत ८ वर्ष देखि संस्थाको न त लेखा परिक्षण भएको छ, न नविकरण र हिसाव किताव नै छ । मासिक लाखौं आम्दानी हुने मज्दिजको आय ८ वर्ष देखि आफुलाई मुस्लिम अगुवा हुँ भन्नेहरुले पालो गरि गरि झ्वाम पारेका छन् ।
दारुल उलम फैजन्नवी जामा मज्दिज इदगाहा संचालक समितिमा भएको आर्थिक अनियमिताले अहिले नेपालगन्जको माहोल तताएको छ । विगत ८ वर्ष देखि संस्थाको न त लेखा परिक्षण भएको छ, न नविकरण र हिसाव किताव नै छ । मासिक लाखौं आम्दानी हुने मज्दिजको आय ८ वर्ष देखि आफुलाई मुस्लिम अगुवा हुँ भन्नेहरुले पालो गरि गरि झ्वाम पारेका छन् ।
८ वर्ष अगाडि सम्म लेखा परीक्षण भइरहेको संस्थाको त्यस यता कुनै हिसाव किताव राखिएको छैन । हरेक इद, बक्राइद र पर्वहरुमा दाताहरुले चढाउने दान मात्र होईन मज्दिजको २४ वटा सटरबाट आउने करोड बराबरको भाडा समेत ती अगुवाहरुले उठाएर खाएका छन् । जामा मज्दिज अन्तर्गत इदगाहामा १४ वटा र मज्दिज परिषरमा १० वटा गरि २४ वटा सटरबाट मात्र मासिक ३ लाख भाडा उठ्ने गरेपनि उठेको पैसा कहाँ गयो ? भन्ने विषय अहिले पेचिलो बनेको छ । दाताहरुले दिएको दान, सटरभाडाबाट भएको आय मात्र होइन दाताहरुले मज्दिज र इदगाहाको नाममा दान गरेको भौतिक सम्पत्तिमा पनि मुस्लिम अगुवाहरुले अतिक्रमण गरेका छन् ।
८ वर्षको लेखाजोखामा सटरभाडाबाट मात्र २ करोड ८८ लाख आम्दानी हुनुपर्ने र मासिक २ लाख सरदर मदरसाका शिक्षकको तलवमा खर्च हुनुपर्नेमा मदरसाका शिक्षकहरुको नै ८ लाख भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । ८ वर्षको अवधिमा वडानम्बर ३ मा नयाँ मज्दिज निर्माणाधिन अवस्थामा रहेको जनाइएको छ । मज्दिज निर्माणका लागि भन्दै उठाएको लाखौं चन्दा रकमको समेत हिसाव नदेखाइएको स्रोतको दाबी छ ।
नेपालगन्जको न्युरोडमा रहेको १४ कट्ठा जग्गा, चुडी मार्केटको घर सहितको भौतिक सम्पत्तिबाट हुने आम्दानीको पनि कुनै लेखा नरहेको पाइएको छ । इदगाहा र मज्दिजमा आवद्ध सदस्यहरुले पटक पटक आन्दोलन, ज्ञापनपत्र र बिरोध गरेपछि स्थानीय प्रशासनले पूर्व अध्यक्षहरुको भेलाबाट कामचलाउ समिति गठन गरेर छानविन समिति गठन गरेको छ । पूर्व अध्यक्ष रहमान मियाको अध्यक्षतामा गठन भएको समितिलाई संस्थालाई बैधानिकता प्रदान गर्ने, ८ वर्ष देखिको लेखा परिक्षण गराउने र नयाँ कार्यसमिति गठनका लागि साधारणसभा बोलाउने जिम्मेवारी दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल बताउँछन् । उनका अनुसार प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको संयोजकत्वमा छानविन समिति पनि गठन गरेको छ । समितिलाई ८ वर्ष देखिको आर्थिक गतिबिधिको छानविन गर्ने र भेटिएको प्रमाणका आधारमा प्रतिबेदन बुझाउने जिम्मेवारी दिइएको छ । प्रमाणले देखाएको अवस्थामा अख्तियारमा पनि पठाउन सकिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
उता संस्था नविकरण नहुँदा जिम्मेवारी पाएको दिन यताको हिसाव राख्न असहज भएको अध्यक्ष मिया बताउँछन् । संस्थाको नाममा खाता संचालन गर्न नमिल्दा गठन भएपछि भएका आम्दानी खर्चको लेखा राख्न असहज भएको मियाले बताए । नविकरण नभएपनि अघिल्लो वर्षसम्म संचालनमा रहेको खातामा ११ हजार मात्र रकम भएको उनले बताए ।
८ वर्ष अगाडी स्थानीय फिदा हुसेन अन्सारीको अध्यक्षतामा समिति गठन भएपछि नै संस्थामा भ्रष्टाचार हुन सुरु गरेको नेपालगन्जका मुस्लिम अगुवाहरु बताउँछन् । अन्सारीले हिसाव गोलमाल गरेसँगै बिधान अनुसार ५ वर्षमा हुनु पर्ने अधिवेशन नगराएको, लेखा परिक्षण नगराएको, संस्था नविकरण नभएको उनीहरुको आरोप छ । त्यस यता मज्दिजमा आवद्ध मुस्लिम समुदायबाट बिरोध प्रदर्शन भएपछि वडा अध्यक्ष अयुव सिद्दिकीको अध्यक्षतामा तदर्थ समिति बनेको थियो । सो समितिले पनि सधारणसभा तथा अधिवेशन गर्न नसकेपछि पूर्व अध्यक्षहरुको भेलाबाट पूर्व अध्यक्ष रहमान मियाको अध्यक्षतामा नयाँ समिति बनेको समितिका प्रवक्ता समेत रहेका पत्रकार आलम खानले बताए ।
धार्मिक सदभाव कायम गराउन अपनाइने संयमताको फाइदा उठाएर नेपालगन्जमा हिन्दु र मुस्लिम धार्मिक संस्थाहरुमा ब्रम्हलुट मच्चिएको छ । धार्मिक संस्था भित्र भएको भ्रष्टाचारमा कारवाही गर्दा सदभाव भड्कीने त्रासले राज्यबाट भ्रष्टाचारको विरुद्ध मौन बसेको देखिएको छ ।
तत्कालिन अध्यक्ष फिदा हुसेनले भने २०७८ साल सम्मको लेखा परिक्षण भएको दाबी गरे । खबरकुरासँग कुरा गर्दै उनले समितिमा रहेका सदस्यहरुबाट सहयोग नपाएकाले आफुले राजिनामा दिएको बताए । उनले समितिका सदस्यहरुले आफुले भनेको नमानेकाले नविकरण गर्न नसकिएको बताउँदै आफुले हिनामिना नगरेको बताए ।
धार्मिक सदभाव कायम गराउन अपनाइने संयमताको फाइदा उठाएर नेपालगन्जमा हिन्दु र मुस्लिम धार्मिक संस्थाहरुमा ब्रम्हलुट मच्चिएको छ । धार्मिक संस्था भित्र भएको भ्रष्टाचारमा कारवाही गर्दा सदभाव भड्कीने त्रासले राज्यबाट भ्रष्टाचारको विरुद्ध मौन बसेको देखिएको छ । धर्मका नाममा हुने भ्रष्टाचारलाई कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनले आँट गर्ला ?
प्रतिक्रिया