२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए



काठमाडौं । उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी नेपाल फर्केका छन्।

बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो।

त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

नेपाल फर्किने बढी विद्यार्थी मोरङका छन्। मोरङका ३६ जना विद्यार्थी जोगबनी हुँदै नेपाल आएको यादवले बताए।

यस्तै, सप्तरीका १६ जना र सुनसरीका ११ जना विद्यार्थी फर्केका छन्। काठमाडौं, सिरहाका ३-३ जना, सर्लाही २, जनकपुर २, ललितपुर १ र उदयपुरका १ जना विद्यार्थी फर्किएको प्रजिअ यादवले बताए।

लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।

आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी-लेखेटी कुटपिट गरेका थिए।

उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले सो निर्णय फिर्ता लिइसकेको छ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : २० बजे

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको