२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

चौध लाख किशोरीले लगाए क्यान्सरविरूद्धको खोप



काठमाडौंँ । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले खोप लगाइसकेका छन् । गत माघ २२ गतेदेखि सुरू भएको खोप अभियान मङ्गलबार सकिएको छ ।

गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ किशोरीले अभियानका बेला खोप लगाएका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उनले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत जानकारी दिए । “कुनै समुदायमा छुट भएका किशोरीलाई त्यही गएर खोप लगाएका छौँ,” उनले भने, “मधेशतिर खोप लगाउन छुटेका एकै समुदायका एक सय ५० जना किशोरीलाई पनि हामीले खोप लगाइएको छौँ । समुदायमा गएर खोजेर खोप लगाइने छ ।”

शाखा प्रमुख डा गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएको खोप अभियान सुरू नगरिएको बताए । उनका विद्यालय सुरू हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।

नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : ०६ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको