बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसबाट आज (मङ्गलबार) ४४ पिण्ट रगत संकलन भएको छ । क्याम्पसका बिद्यार्थी, अभिभावक तथा प्राध्यापकहरुले गरेको रक्तदानबाट ४४ पिण्ट रगत संकलन भएको हो ।
क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा भएको कार्यक्रमा ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिए ।
स्वास्थ्य तथा सरसफाई एकाइका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
प्रतिक्रिया