२५ चैत्र २०८१, सोमबार | April 8, 2025

आजबाट नेपालगन्जमा नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी शुरु



नेपालगन्ज । नेपालगन्जमा नवौं संस्करणको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु भएको छ । आज एक समारोहकाबीच नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल केन्द्रिय सदस्य शोभा ज्ञवालीले प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गरे ।

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा सुरु भएको प्रदर्शनीको उदघाटन गर्दै उपमहानगर प्रमुख विष्टले स्थानीय दिदीबहिनीहरुले उत्पादन गरेको वस्तुलाई महिला उद्यमी संघ नेपाल बाँकेले उत्कृष्ट ढंगले प्रवद्र्धन गरिरहेको भन्दै प्रशंसा गरे । ‘सबै क्षेत्रमा महिलाहरुको सहभागिता भयो भने मात्र समाजले प्रगति गर्न सक्छ । महिलाहरुलाई यस्ता अवसर महत्वपुर्ण हुन्छन् । महिलाहरुलाई उद्यमी बनाउने कार्यमा हामी सधै सकारात्मक भएर सहकार्य गर्न तयारी छ ।’ उनले भने ।

महिला उद्यमी महासंघ नेपालको केन्द्रिय अध्यक्ष शोभा ज्ञवालीले विन बाँकेले सधै नमुना काम गर्ने गरेको चर्चा गरिन् । उनले विनको इतिहासमा बाँकेको बेग्लै योगदान रहेको उल्लेख गर्दै महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई संघले अन्तराष्ट्रिय स्तरमा लग्ने काम सुरु गरेको जानकारी दिइन् । महिला उद्यममा सक्षम हुनु भनेको देशको आर्थिक विकासको आधार बलियो हुनु रहेको उनको भनाई छ । उनले देशको विकासमा स–साना उद्योगको महत्वपुर्ण योगदान रहेको उल्लेख गरिन् ।

लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले विन बाँके अब युवा अवस्थामा पुगेको बतायँदै थोरै बजेटबाट सुरु गरिएको प्रदर्शनी अहिले लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा पुगेको बताइन् ।

महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको आयोजना गरिएको बताइन् । ‘यो प्रदर्शनीले घरमा बसेका दिदीबहिनीहरुलाई उद्यमशिलतामा जोडने काम गरिरहेको छ । उहाँहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणको काम गरेको छ । यसलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ।’ उनले भनिन् ।

उद्घाटन समारोहमा कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उप–प्रमुख उमा थापा मगर लगायतले प्रदर्शनीको सफलताको शुभमकामना दिएका थिए ।

मंगलबार देखि सुरु भएको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आएका महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राखिएको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८१ को संयोजक एवम् तथा महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले जानकारी दिइन् । उनले भनिन्,‘महिला उद्यमीलाई प्रतिस्पर्धाको बजारमा सशक्त बनाउन यो प्रदर्शनीले सहयोग गर्ने गरेको छ । स्थानीय उत्पादन, सीप र जनशंक्तिको प्रयोग गरेर युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाउनु पर्छ ।’

प्रदर्शनीको मुख्य प्रायोजक केएल दुगर्ड ग्रुपका क्षेत्रीय निर्देशक प्रदिप छाजेडले महिलाहरुको उत्पादनलाई गुणस्तरीय बनाउन यस्ता प्रदर्शनी महत्वपुर्ण सावित हुने बताए । उद्योगका बारेमा नीतिगत रुपमा पनि महिलारुलाई जानकारी गराउनु पर्ने उनले सुझाव दिए ।

प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन राखेका छन् । प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धनका लागि राखिएका छन् ।

नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ ।

प्रदर्शनीको दौरान फागुन ७ गते महिला उद्यमीहरुको समस्या, चुनौति र अवसरका बारेमा संवाद कार्यक्रमको आयोजना गर्ने भैरहेको आयोजकले बताएको छ । फागनु ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम आयोजना गरिने प्रदर्शनी संयोजक सिंहले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ०१ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग