२३ चैत्र २०८१, शनिबार | April 5, 2025

११ वटा बैठक बसेर लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य



दाङ । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौँ (हिउँदे) अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मङ्गलबार राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभामा सूचना पठाएको छ ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) अनुसार प्रदेशसभा सदस्यहरूलाई जानकारी गराउन सूचना प्रकाशन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

पुस १६ गतेदेखि सुरु भएको यो अधिवेशनमा ११ वटा बैठक बसेका थिए । प्रदेशसभाका सचिव पुनका अनुसार अधिवेशनले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको छ ।

यसैगरी, यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक पनि पुनः हुबहु पारित गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : १८ बजे

नयाँ वर्षमा नवलपुरको होटल पौवामा विशेष सांगीतिक कार्यक्रम र स्वाद उत्सवको आयोजना हुने

नवलपुर । नेपाली चाडपर्वहरूलाई विशेष बनाउँदै आएको नवलपुरको गैडाकोट–१२, हर्कपुरस्थित

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र

बालविवाह न्युनिकरणकालागि ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न बर्दियामा ६ बुँदे

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष