२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

भारतमा मृत्यु भएकी छात्रालाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गराउन राष्ट्रियसभाको ध्यानाकर्षण



काठमाडौं। राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन् । मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरुले उठाएको भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यस विषयमा सत्यतथ्य छानविन गरि यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै, उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि अध्यक्ष दाहालले सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : ४८ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको