२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भोली ऐतिहासिक जितगढी किल्लामा चौथो राष्ट्रिय नृत्य दिवस मनाइने



बुटवल । ऐतिहासिक जितगढी किल्लामा चौथो संस्करणको राष्ट्रिय नृत्य दिवस मनाइने भएको छ । नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा बुटवल उपमहानगरपालिका र नृत्य निर्देशक संघ रुपन्देहीको सहकार्यमा मंगलबार दिवस मनाउन लागिएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । ऐतिहासिक जितगढी किल्लाको प्रचारप्रसारमा टेवा पु¥याउने उद्देश्यले जितगढीमै यो कार्यक्रम आयोजना गरीएको अध्यक्ष शाहले बताए । विभिन्न जिल्लाबाट आएका सहभागीले विभिन्न समुदाय, जातजातिको साँस्कृतिक नृत्य प्रस्तुत गर्ने उनले बताए ।

अध्यक्ष शाहका अनुसार कार्यक्रममा बिभिन्न प्रदेश र जिल्लाबाट आएका १५ भन्दा बढी टिम सहभागी हुनेछन् । भने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरीएको छ । नेपालका पहिलो लोक नृत्य निर्देशक मानिने भैरवबहादुर थापाको जन्मदिनको अवसर पारेर संघले हरेक यो दिवस मनाउँदै आएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उट्घाटन गर्ने कार्यक्रम रहेको संघका प्रदेश उपाध्यक्ष मिना बुढाथोकीले जानकारी दिइन् ।

बुटवल उपमहानगरपालिका र संघका सदस्यहरुले आर्थिक सहयोग गरी कार्यक्रम आयोजना गरीएको संघका कोषाध्यक्ष रजनी श्रेष्ठले बताइन् । राष्ट्रिय रुपमा नृत्य दिवस मनाउन सरकारलाई दवाब दिन नृत्य निर्देशक संघले दिवस मनाउँदै आएको संघका सचिव दावा शेर्पाले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको