९ बैशाख २०८२, मंगलबार | April 22, 2025

प्रधानमन्त्री ओली आज दाङ आउदै, लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने



दाङ । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन । आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।

बिहान साढे ११ बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेगरि बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेशसभाको बैठकलाई विशेष सम्बोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ४६ बजे

आज पनि शिक्षक आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा

नवलपुरमा बाबुआमाको कुटपिटबाट ४ महिने शिशुको मृत्यु

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट

भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन्