११ चैत्र २०८१, सोमबार | March 24, 2025

सत्ताको दुरुपयोग : माधव नेपाल र बेदुराम भुसालसंगको फोटो देखाएर लाखौंको ठगी

दलका कार्यकर्ता बेपत्ता स्थानीय उद्योगीको बिल्लीबाँठ



नेपालगन्ज । आफु सदस्य रहेको पार्टी सत्तामा रहेको मौकाको दुरुपयोग गर्दै तत्कालिन सत्ता गठबन्धन माओवादी र एकीकृत समाजवादीका स्थानीय नेताहरुले बैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं उठाएर कुलेलम ठोकेके घटना सार्वजनिक भएको छ । स्थानीय उद्योगीलाई जमानीमा राखेर सर्वसाधारणबाट लाखौं रकम उठाएर नेता ज्युहरु फरार भएपछि बाँके खजुराका एक ब्यवसायी घर न घाटको बन्न पुगेका छन् ।

बैदेशिक रोजगारीमा पठाइदिने भन्दै स्थानीय माओवादी र एकीकृत समाजवादीका नेताहरु गौरीलाल बिक, सन्तोष बिक सहितको समुहले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ घर भइ खजुरा ३ खजुरा बजारमा धानचामल मिल संचालन गर्दै आएका रामचन्द्र मुराउलाई बिल्लिबाँठ बनाएका हुन् । मुराउले विदेश पठाइदिने स्थानीय नेता समेत रहेका दलालको फन्दामा परेर अहिलेसम्म ६० लाख रूपैयाँ गुमाउन पुगेका छन् । स्थानीय टेकबहादुर बिक, सन्तोष बिक, गौरीलाल कामीसहितको व्यक्तिहरूले विदेश जाने मानिसहरू तयार गरेमा दाइ र सालालाई निःशुल्क मलेसिया पठाइदिने तथा केही कमिशन पनि दिलाईदिने भनेर दिएको झुटो आश्वासनमा फसेर मुराउले ६० लाख रूपैयाँ गुमाउनुका साथै आफ्नो भएको सम्पत्ति धितो बन्धकामा राख्नु परेको बताएका छन् ।

२०८० सालको भदौ महिनामा बाँकेको जानकी गाउँपालिकामा दर्ता भएको सुन्दरबिहानी युवा क्लव र खुल्ला चौपाया संरक्षण तथा ब्यवस्थापन संस्था नामको संस्था दर्ता गरेका तीनजनाले संस्थाको नाममा ४०० बढीको गरिव र असहायका नाममा मलेसियाको कोटा आएको र ३० हजार रुपैयाँमा मात्र मलेसिया जान पाइने भन्दै बिदेश जान चाहनेहरु खोज्न भन्दै आफ्नो मिलमा भन्न आएको रामचन्द्र बताउँछन् । उनीहरुको संस्था र हाउभाउबाट बिश्वासमा परि आफुले आफ्नो घर छिमेकका मान्छेहरुलाई सो कुरा बताएको र तत्काल ४० जनाको नाम उनीहरुलाई दिएको उनले बताए । ४० जनाको काठमाडौंको सुब्बा प्याथोलोजीमा मेडिकल गर्दा ३ जना फेल भएको र बाँकीलाई ४५ दिन भित्र भिसा आउने र त्यसको १५ दिनमा टिकट आउने भन्दै सन्तोष बिकले कागज गरिदिएको रामचन्द्रले बताए । ‘तर मेडिकल भएको महिनौ सम्म न त भिसा आयो, न टिकट,’ उनले भने, ‘आज आज भोलि भोलि भन्दै ढाँट्दै गए ।’ उनले भने ।

सो क्रममा ती तिनजनाले आफ्नो साला र दाईलाई नि-शुल्क मलेसिया पठाइदिने भन्दै पासफोर्ट समेत बनाउन लगाएको उनले बताए । ४० जनाको निर्धारित समयमा भीसा नलागेपछि आफुले पटक पटक ताकेता गरेपछि तीनै जनाको योजना अनुसार आफुलाई काठमाडौं लगेर तत्कालिन सत्ता गठबन्धनका शिर्श नेता पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, तत्कालिन मन्त्री बेदुराम भुसाल, प्रकाश ज्वालासंग भेट गराई फोटो समेट खिचाई बिश्वास दिलाएको मुराउले बताए । मन्त्रीहरु सामु संस्थाको फायल पेश गर्दै काम छिट्टै हुने भनेर मन्त्रीहरुले आश्वासन दिएको उनले स्मरण गरे । ‘फायल हेरेर ठिक छ काम हुन्छ भनेर मन्त्रीहरुले भन्नु भएको हो,’ उनले भने, ‘फायल बैदेशिक रोजगारीको थियो की संस्थाको अरु कामको थियो मलाई थाहा भएन ।’

मुराउका अनुसार खजुरा र जानकी गाउँपालिका स्थायी घर भएका तीनजना व्यक्तिहरूले मलेसिया पठाउनका लागि आफूहरूले पहल गरिरहेको र त्यहाँ आकर्षक तलब पाइने बताउँदै मुराउलाई जमानी राखेर करिब एक सय ४० जनाबाट ४२ लाखबढी असुल गरी ठगी गरेका हुन् । त्यसरी रकम उठाएर उनीहरूले काठमाडौं लग्ने र स्वास्थ्य परीक्षण गर्ने गरी झुक्याएको तर मलेसिया नपठाएर फरार भएको मुराउको भनाइ छ।

यसरी ठगी गर्नेहरूमा खजुरा ३ धोलागिरी बस्ने ४५ वर्षीय सन्तोषकुमार विक माओवादी कार्यकर्ता हुन् भने जानकी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय गोरीलाल विक एकीकृत समाजवादी निकट दलित मुक्ति संगठन बाँकेका अध्यक्ष र टेकबहादुर विक सोही पार्टीका कार्यकर्ता हुन् । रामचन्द्रले १ सय ४० जनाबाट उठाएको भनिएको पैसा मध्य ३२ लाख आफु मार्फत चेक र केही नगद गरि सन्तोष र गौरीलालले लगेको र अन्य पैसा आफ्नो नाममा बाँके खजुरा ५ का मतिम खाँले उठाएको उनले बताए । माओवादी कार्यकर्ता रहेका मतिम खाँले आफ्नो नाममा पैसा उठाएर जापान भागेको र मतिमले उठाएको पैसाको पनि आफैमाथि भार बोकाइएको मुराउको गुनासो छ ।

मुराउका नाममा पैसा उठाएकोमा बैदेशिक रोजगारीमा जान नपाएका स्थानीयले मुराउको घर घेर्ने, सवारीसाधन खोस्ने, बाटोघाटोमा आक्रमणको चेतावनी दिने र घरमा आगजनी गर्ने जस्तो धम्की दिएपछि आफूले करिब एक सय ४० जनाको ४२ लाख रूपेयाँ घरजग्गा धितो बन्धक राखेर फिर्ता गरिदिएको मुराउ बताउँछन् । उक्त पैसा घर राखेर ऋण लिएको उनको भनाइ छ ।

सन्तोष, गैरी र टेकबहादुरले उक्त पैसा आफूलाई फिर्ता नगरेपछि न्याय माग्दा कतैबाट पनि न्याय नपाएपछि आफु पत्रकार गुहार्न बाध्य भएको उनले बताए । आफुसँग आफुले पैसा नै नलिएका ब्यक्तिहरुले पनि डर र धम्की दिएर पैसा लैजाने गरेको उनले बताए । प्रहरीबाट जमानी बसेर छुटाउने वडा अध्यक्षहरुले भने आफुलाई सो घटना बारे कुनै जानकारी नभएको भन्दै पन्छिए । रामचन्द्रको नाममा पैसा उठाएर जापान पुगेका मतिम खाँ खजुरा ५ का वडा अध्यक्ष गरिबे शेखका कार्यकर्ता भएको स्थानीयबासीको भनाई छ । वडा अध्यक्ष शेषले निर्वाचनका बेला कोरिया पठाइदिने भन्दै भिडियो प्रचार सामाग्री नै बनाएका थिए ।

मुराउले पटक पटक ताकेता गरेपछि सन्तोषले ५ लाखको खातामा पैसा नभएको चेक दिएको उनले बताए । स्थानीयलाई बिदेश पनि नपठाउने चेकपनि नभज्ने भएपछि आफुले प्रहरीमा उजुरी गरेको तर प्रहरीले नेपालगन्जमै रहेका सन्तोषलाई पक्राउ नगरेको उनको गुनासो छ । चेक अनादारमा प्रहरीमा उजुरी हालेका मुराउले सन्तोष बसेको ठाँउ ठेगाना बताउँदा पनि पक्राउ नगरेको आरोप लगाए । २०८१ बैशाख ३१ गते प्रहरीमा दर्ता नम्बर ७०१ रहेको मुद्दामा प्रहरीले प्रहरीले बेवास्ता गरेपछि आफैले छिमेकी युवाहरुको सहयोगमा सन्तोषलाई प्रहरी समक्ष बुझाएको मुराउ बताउँछन् । सन्तोषलाई प्रहरीमा बुझाए लगत्तै टेकबहादुर र गौरीलाल सम्पर्कमा आएको र उनीहरुबाट थप २७ लाखको चेक बनाएर आफुलाई दिँदै खजुरा ५ का वडा अध्यक्ष गरिबे शेष, माओवादी कार्यकर्ता रक्षाराम बर्मा र राजकुमार बर्माले तीनै जनालाई जमानीमा छुटाएको मुराउ बताउँछन् ।

२७ लाखको चेक पनि नभजेपछि आफुले पुनः प्रहरीमा उजुरी हालेको तर प्रहरीले सो उजुरी दर्ता नगरेको उनको आरोप छ । जिल्ला प्रहरी कार्यालयले पनि २७ लाखको चेक अनादारको फायल मुद्दा फाँटमा रहेको स्वीकार गरेको छ । प्रहरीमा सयौंपटक धाउने क्रममा प्रहरी जस्तै देखिने बिष्ट थरका ब्यक्तिले कुल रकमको १० प्रतिशत बुझाउने भए प्रहरीले पैसा असुल गरिदिन्छ भन्दै पटक पटक आफ्नो पैसाले नास्तापानी गरेको मुराउले बताए ।

२०८१ साल वैशाख ३१ गते बाँके प्रहरीले कात्तिकमा दिएको पाँच लाखको चेकको मात्र चेक अनदारमा मुद्धा दायर गरेको छ। उक्त मुद्धा बाँके प्रहरीले बाँके जिल्ला अदालतमा कारबाहीका लागि २०८१ असोज २१ गते पठाएको बाँके प्रहरीको मुद्धा फाँटको रेकर्डमा देखिन्छ ।

मुराउ आफूले सबै चेकको अनादरको मुद्धा पाँच लाखको चेकलाई मात्र प्रमाणको रूपमा लिएको आरोप लगाउँछन् । यता बाँके प्रहरीका एक प्रहरी निरीक्षकले बैंकले चेक अनादर भनेको अवस्थामा मात्रै मुद्धा अघि बढ्ने गरेको बताए । मुराउको मुद्धामा अब अदालतको आदेशअनुसार हुने उनको भनाइ छ ।

प्रहरी मार्फत पैसा उठाइदिन्छु भन्दै सम्पर्कमा आएकोे ब्यक्तिबाट पनि आफु ठगिएको उनले बताए । एकदिन प्रहरी कार्यालय नजिकैको रेष्टेरेन्टमा केही प्रहरी कर्मचारी सहित नास्तापानी गर्दा आफ्नो मोबाइल चोरी भएको बताउँदै उनले तिनै बिष्ट थरका मान्छेको मैनापोखरा बर्दिया स्थित आफन्तको घरबाट मोबाइल फर्काइएको तर मोबाइलमा भएका सन्तोष र गौरीलाल बिरुद्धका प्रमाणहरु मेटाइएको मुराउले बताए । ‘मेरो मोवाइल चोरेर मोबाइलमा भएका सबै प्रमाणहरू डिलेट गरिदियो। उ पनि ठगहरूसँगै मिलेको रहेछ,’ मुराउ भन्छन् ।

बाँके व्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले प्रहरीले नै ५ लाखको मुद्दा दर्ता र थप २७ लाखको चेक बनाइदिएकाले प्रहरीले सहयोग गरेन भन्न नमिल्ने बताए । उनले २७ लाखको पनि मुद्दा प्रक्रियामा जाने उल्लेख गर्दै मुराउलाई आफुसंग भेट्न पठाउन आग्रह गरे । प्रहरीको कमिहनको कुरा भने एसपी कार्कीले सुन्ने चाहेनन् ।

उनका अनुसार सन्तोषकुमार विकलाई प्रहरीमा बुझाएपछि वडा अध्यक्षहरुको रोहबरमाम सन्तोषले एक महिना अवधिका फरक(फरक मिति राखेर कामना सेवा विकास बैंकको ०३९१३६००२७३३४२०००००१ नम्बरको खाताका दुई लाख, पाँच लाख र १०(१० लाखका गरी चारवटा चेक मुराउलाई दिएका छन् ।

मुराउ दुईजना आफन्तको निःशुल्क भिसा र कमिसनको लोभमा परेर अहिलेसम्म काठमाडौं आउजाउ लगायतको काममा गरी करिब ६० लाख खर्च भइसकेको बताउँछन् । गाउँमा राम्रो परिचय भएका व्यक्ति र नेताहरुको पहुँचको विश्वासमा परेर आफू ने संकटमा परेको उनले बताएका छन्। ुम धम्कीका कारण कैयौ दिन घर जान सकिनँ । अहिलेपनि उनीहरूका मान्छेको धम्की आउँछ। पेसा सबे फिर्ता गर्दागर्दै सकियो। अहिले मिल चलाउन पनि मुस्किल परिहेको छ । घर जग्गा पनि बँच्ने हो कि होइन थाहा छैन ।,ु मुराउले चिन्तित मुद्रामा भने ।

मुराउले आरोप लगाएका तीनै जना व्यक्तिहरूको टेलिफोन नम्बरमा सम्पर्क हुन सकेन । मुराउलाई भने सन्तोषले सोनिया नाममा सेभ गरिएको वाट्सएपबाट र टेकबहादुरले निशान नाममा सेभ गरिएको वाट्सएपबाट धमकी आउने गरेको उनले बताए । प्रहरीमा गउकै कारण आफुहरुले पैसा दिन नसक्ने उनीहरुले बताउने गरेको उनले बताए ।

अहिले रामचन्द्र सन्तोष र गौरीलालाका नाममा काटेको चेकको अर्धकट्टी, गाउँलेहरुलाई आफुले फर्काएको रकमको डेबुक, बैंकले बाउन्स गरिदिएको ४ थान चेक र पटक पटक जिल्ला प्रशासन र प्रहरीमा बुझाएको निवेदनको नक्कल हेर्दै टोलाउने गर्दछन् । भएभरको वैसा सकिएपछि यो वर्ष उनले धान खरिद पनि गर्न नसकेको बताउँछन् । साला र दाईलाई निशुल्क बिदेश उडाएर श्रीमतीलाई सरप्राइज दिन्छु भन्दै श्रीमतीसँग कुरा लुकाएका रामचन्द्रले श्रीमतीलाई बेलैमा थाहा नदिनु आफ्नो भुल भएको स्वीकार गर्छन् । आफु निरक्षर रहेका कारण आफु फँसेको र श्रमतीलाई नभन्नु आफुनो गल्ती भएको उनले बताए । उनक श्रमती भने गाउँकै स्कुलमा एसईईसम्म अध्धयन गरेकी छन् ।

मुराउका डेढ र ३ वर्षका २ छोरा र ७ र १० वर्षकी २ छोरी छन् । पहिले बोर्डिङ स्कुल पढाइरहेकोमा पैसा सबै सकिएपछि अहिले छोरीहरुलाई बोर्डिङबाट छुटाएर सरकारी स्कुलमा राख्नु परको उनले बताए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १२ : ५७ बजे

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै

आईपीएल : मुम्बईमाथि चेन्नईको सानदार जित

काठमाडौं । ओपनर रचिन रवीन्द्र र कप्तान ऋतुराज गयकवाडको अर्धशतकसँगै