२८ मंसिर २०८२, आइतबार | December 15, 2025

एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री

आजसम्ममा १० लाख १६ हजार सात सय ७१ किशोरीले लगाए खोप



काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले खोप लगाउन यस अभियानमा संलग्न भएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद दिएका हुन् ।

“माघ २२ गतेदेखि सुरू भएको देशव्यापी एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको छैटौँ दिनमा (माघ २८ गते सम्म) १० लाख १६ हजार सात सय ७१ किशोरीले खोप लगाएका छन् । यो समग्रमा ६० दशमलव ६५ प्रतिशत हो । १६ लाख ७६ हजार चार सय ५२ मध्ये १० लाख १६ हजार सात सय ७१ जना किशोरीले खोप लगाएका हुन् । उनले खोप कार्यक्रम सबैको सहयोगले सफल रूपमा चलिरहेको बताए ।

शनिबार विद्यालय बन्द हुनाले खोप अभियान सञ्चालन गरिएको थिएन । उनका अनसार कोशीमा एक लाख ८१ हजार ५० जना, मधेसमा एक लाख ४८ हजार ५६ जना, बागमतीमा एक लाख ९६ हजार ७४ जना, गण्डकीमा ८६ हजार एक सय १२ जना, लुम्बिनीमा एक लाख ८९ हजार आठ सय ७७ जना, कर्णालीमा ८२ हजार सात सय ९८ जना र सुदूरपश्चिममा एक लाख ३२ हजार आठ सय चार जना किशोरीले खोप लगाएका छन् ।

शाखा प्रमुख डा गौतमले छ दिनको सफलता लक्ष्यअनुसार सबै किशोरीलाई खोप लगाइने जानकारी दिए । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका सञ्चालन गरेको खोप अभियानमा कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सहभागी हुँदैछन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : ०३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर