४ चैत्र २०८१, सोमबार | March 17, 2025

बिहेघरमा नाचगानका क्रममा ‘ग्याङ फाइट’, खुकुरी प्रहारबाट एकजनाको मृत्यु, ६ जना पक्राउ



नेपालगन्ज । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका-८ स्थित पुष्पनगर बीचलाइनमा शुक्रबार साँझ भएको ग्याङ फाइटमा खुकरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको हो । उनको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।

स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याएपछि रमाइलो चलिरहेको अवस्थामा मदिरा पिएका युवाहरुबीच ग्याङ फाइट भएको थियो । दुलही भित्राएपछि नाचगान चलिरहेको समयमा एक्कासी दुलाहका भिनाजु नाता पर्ने रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबीच विवाद बढ्दै जाँदा मल्ल युद्धका परिणत भएको थियो । दुइपक्षिय झडपका क्रममा रानाको खुकुरी प्रहारबाट दिनेश गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार बिहान ३ बजेको समयमा मृत्यु भएको छ। घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुलाहाको भिनाजु सोही गाउँपालिका-२ बस्ने ३५ वर्षीय रामबहादुर राना सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ २ की ३० वर्षिया मनिषा राना, बैजनाट ६ का १८ वर्षिय भिजन नेपाली, जाजरकोट शिवालय ७ घर भइ बैजनाथमा पाहुना आएका २९ वर्षिय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका ६ घर भइ पाहुना आएकी २७ वर्षिया अमृता डाँगी र बैजनाथ ८ का १८ वर्षिय सुजन बुढा रहेका छन् ।

दुई समूहको लडाइँपछि भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबीच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीयले बताएका छन् ।

पक्राउ परेकाहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको बाँके प्रहरी प्रवक्ता आयुस जोशीले बताए ।

 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १० : ३४ बजे

सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन : जगप्रसाद शर्मा, राष्ट्रियसभा सदस्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा

यमनका हुथीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु

काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण

कहिले सुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ?

काठमाडौं। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनेबारे