८ बैशाख २०८२, सोमबार | April 21, 2025

अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हट्यो सरकार



काठमाडौं । राष्ट्रियसभाबाट पारित हुने या नहुने निश्चित नभएपछि सरकारले आज संसद बैठकमा अध्यादेशलाई निर्णायार्थ पेश नगर्ने भएको छ ।

यसअघि आजैको बैठकबाट ६ वटा अध्यादेशहरु निर्णायार्थ पेश गर्नेगरी कार्यसूची बनेको थियो ।

तर राष्ट्रियसभामा निर्णायक मानिएको दल जनता समाजवादी पार्टी नेपालसँग थप छलफल बाँकी रहेको भन्दै सरकार अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हटेको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णायार्थ पेश नगर्ने प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग आजै छलफल गरेका थिए । तर छलफलमा लेनदेनको कुरा टुंगिन बाँकी रहेको छ । जसपा नेपालले मधेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिनिधिसभामा सत्तापक्षको बहुमत रहे पनि राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा रहेको छ । जसपा नेपालको समर्थनविना राष्ट्रियसभाबाट अध्यादेश पारित हुन सम्भव देखिँदैन ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ३३ बजे

प्रधानमन्त्री ओली र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकासबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा

ताप्लेजुङ बलेरो आगलागी : निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको

कालीकोटमा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा आगलागी, चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा