काठमाडौं । नेपाली कांग्रेसले संसदमा सरकारले पेस गरेका सबै अध्यादेशहरू स्वीकृत हुने बताएको छ।
कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग बोल्दै मुख्यसचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा अध्यादेश पारित हुने दाबी गरेका हुन् । उनले दुवै सदनबाट सहज ढंगले अध्यादेश पारित हुने बताए ।
संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेश पारित गर्न कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको आजै बस्ने बैठकमा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने तयारी छ।
जसपा नेपालका अध्यक्ष यादवले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
प्रतिक्रिया