काठमाडौं । नेपाली कांग्रेस संसदीय दल बैठक बसिरहेको छ ।
नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहीबार संसदीय दल बैठक बसेको हो।
सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न संसद बैठक बस्नुअघि कांग्रेसले संसदीय दलको बैठक बसेको हो ।
कांग्रेसले बैठकपछि अध्यादेशको पक्षमा दुवै सदनमा मत दिन आफ्ना सांसदहरुलाई ह्वीप लगाउनेछ ।
संसदको बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रतिक्रिया