३० चैत्र २०८१, शनिबार | April 12, 2025

सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन



काठमाडौं । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को छायाङ्कन आजदेखि सुरू गरेका छन । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो ।

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिने छ । उनले भने, “अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ ।”

यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गरेका छन । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए ।

“आफू भएको पेसामा सन्तान आउँदा वा विश्वास गर्दाको खुसी व्यक्त गर्न सकिदैन । अन्य पेसा झैँ हामी चलचित्रकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ ”, निर्देशक घिमिरेले भने ।

यस चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको सो चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन । चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दै छन् । यसमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ०० बजे

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए

पोखरामा आजदेखि फेवा महोत्सव सुरु हुँदै

कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन