१ बैशाख २०८२, सोमबार | April 14, 2025

वन्यजन्तुबाट भएको क्षतिको राहतदिन प्रदेश सरकारको बेवास्ता, गुल्मीका किसान निरास



गुल्मी । गुल्मीमा वन्यजन्तुबाट क्षति भएका किसानले डेढ वर्षसम्म पनि क्षति बापतको राहत रकम प्राप्त गर्न सकेका छैनन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि डिभिजन वन कार्यालय गुल्मीमा सय पाँच जना किसानले राहतका लागि दिएका निवेदन दिएका थिए । डेढ वर्षसम्म पनि कार्यालयले किसानलाई राहत रकम उपलब्ध नगराएको किसानले गुनासो गरेका छन् ।

वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिका लागि प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयबाट किसानलाई क्षति बापतको राहत उपलब्ध गराउने व्यवस्था छ । तर बजेटको सुनिश्चितता नभएको भन्दै मन्त्रालयले डेढवर्षसम्म पनि राहत रकम जिल्लामा उपलब्ध नगराएका कारण किसान राहत उपलब्ध गराउन नसकिएको डिभिजन वन कार्यालय गुलमीले जनाएको छ ।

डिभिजन वन कार्यालय गुल्मीमा वन्यजन्तुबाट भएको बालीनाली र पशुधन क्षतिको लागि एक सय पाँच जना किसानले आवशयक कागजातसहित कार्यालयमा निवेदन पेस गरिसकेका छन् ।

किसानहरुले पेस गरेका निवेदनमा ४२ जनाले बालीनाली र ६३ जनाले पशुधन क्षति भएको भन्दै राहतको दाबी गरेका हुन । तर निवेदन दिएको डेढ वर्ष हुँदा पनि राहत नपाएपछि अब राहत पाउने आशा हराउँदै गएको मदाने गाउँपालिका –४ कुसुम बस्तीका किसान लालबाहदुर घर्तीले बताए ।

चितुवाले खोरमा पसेर माउबाख्रा खाइदिएपछि राहतका लागि मुचुल्का बनाएर वन कार्यालयमा निवेदन दिएको उनले बताए । त्यसैगरी मदाने–४ का किसान डोरबहादुर घर्तीको पनि चितुवाले खोरबाट तीन वटा बाख्रा मारेको थियो । उनले आफू कतिबेला राहत आउँछ भनेर त्यसैको आशमा बसिरहेको बताए ।

गुल्मीमा वन्यजन्तुबाट क्षति पुगेका एक सय पाँच जनामध्ये ४२ जना किसानको बालीनालीमा क्षति पुगेको छ भने अन्य ६३ जनाको पशुधन क्षति पुगेको छ । डिभिजन वन कार्यालय गुल्मीका अनुसार पशुधनबापत बाख्रा, गाईगोरु, भैँसी र कुखुराको क्षतिको राहतका लागि निवेदन दिएको बताइएको छ ।

किसानहरुले दिएका निवेदनका आधारमा जिल्लामा रहेको राहत मूल्याङ्कन समितिले सिफारिस गरी राहतका लागि प्रदेश मन्त्रालयमा पठाउने गर्दछ । राहतको लागि माछा वा कुखुराको हकमा मूल्याङ्कनका आधारमा वर्षमा एक पटक बढीमा रु दश हजार, बाख्राको हकमा प्रति बाख्रा दश हजार र गाईभैँसी, राँगो, उन्नत् जातको गाई, घोडा, खच्चड, चौँरी लगायतको हकमा ६० हजारसम्म क्षतिपूर्ति दिने निर्देशीकामा व्यवस्था छ । कार्यालयमा निवेदन पेस गरेका किसानले पटक–पटक फोन गरेर सोध्ने गरेको भन्दै डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत मदन सापकोटाले प्रदेशमा बजेटको सुनिश्चितता नभएका कारण किसानलाई समयमा राहत उपलब्ध गराउन नसकिएकोे जानकारी दिए ।

उनले मन्त्रालयबाट बजेट आएपछि प्रक्रिया अघि बढाएर राहत उपलब्ध गराइने बताए । वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० अनुसार वन निर्देशनालयमार्फत प्रदेशको वनसम्बन्धी विषय हेर्ने मन्त्रालयबाट पीडित वा पीडितका हकवालालाई बढीमा एक महिनामा राहत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । तर निर्देशिकामा उक्त व्यवस्था भए पनि गुल्मी जिल्लामा भने एक सय भन्दा धेरै किसानले लामो समयसम्म पनि राहत नपाउँदा थप समस्यामा परेका छन ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १० : २७ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल