१६ चैत्र २०८१, शनिबार | March 30, 2025

प्रादेशिक महोत्सव : इन्टर स्कुल डान्सिङ स्टारको फिनालेमा १० जना छनोट



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरिएको अन्तरविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको फिनालेमा १० जना छनोट भएका छन् ।

महोत्सवका सांस्कृतिक उप–समितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शनिबार पाँच र आइतबार पाँच गरी १० जना फिनालेमा पुग्न सफल भएका हुन् । फिनालेमा पुग्ने कलाकारहरुमा सबैभन्दा धेरै जना युनाइटेड एजुकेशनल एकेडेमीका ३ जना ग्रीष्मा राना क्षेत्री, सुदीप परियार र स्नेह गुरुङ रहेका छन् । त्यसैगरी धर्ती विष्ट मगर गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर, सुस्मिता शर्मा फ्लोरिड एकेडेमी डुडुवा ५ कम्दी, संस्कृति शर्मा जनसेवा माध्यमिक विद्यालय जानकी–३, प्राप्ती गुरुङ जेनिथ एकेडेमी खजुरा ३, सुमित्रा राना मगर ज्ञानोदय नमुना मावि खजुरा र राधा बस्नेत मोडेल एकेडेमी नेपालगन्ज १८ तेजनगर रहेका छन् ।

प्रतियोगिताको माघ ११–१५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्य प्रतियोगितामा भाग लिएका थिए । माघ १६–१८ गतेसम्म शीर्ष २० जना छनोट भए । माघ १९ र २० गते शीर्ष १४ बीच सेमिफिनाले चरणको प्रतिस्पर्धा भएकोे थियो । आगामी २२ माघमा माघमा शीर्ष १० जनाबीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने फिनालेका बाँकी ७ जनाले जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामूहिक नृत्य प्रस्तुत गरिरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिइरहेका छन् ।

खुमन अधिकारीको गीतमा नाचे दर्शक
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको ११ औं दिन आइतबार लोकप्रिय गायक खुमन अधिकारीले दर्शकलाई छमछमी नचाएका थिए । उनले आधा दर्जन बढी गीत गाएका थिए । गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहेको थियो । हुम्लाका कलाकारले कर्णाली प्रदेशको डेउडा सांंस्कृतिक प्रस्तुती दिएका थिए ।

महोत्सव सांस्कृतिक उप–समितिका संयोजक मख्खन धामीका अनुसार १२औं दिन गायक शिव परियार, एञ्जिला रेग्मी, लक्ष्मी आचार्य, हास्य कलाकारद्वय शिवशंकर रिजाल जोगिन्दर र सुरेन्द्र केसी मुला सागको प्रस्तुती हुनेछ । प्रादेशिक महोत्सवका प्रचार समितिका संयोजक डम्बरबहादुर चन्दले मेला अवधि सकिन लागिरहेकाले बाँकेवासीलाई सहभागी हुन आग्रह गरे ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : ०७ बजे

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग

नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा