२० जेष्ठ २०८२, मंगलबार | June 3, 2025

बुटवलको चौराहामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



बुटवल । बुटवलको राजर्माग चौराहामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना परी स्कुटरका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवल कालिकानगरमा बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको उनले बताए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ५० बजे

यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् ।

एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

कास्की । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’

शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि बहानामा अवरूद्ध गर्नुहुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक केन्द्रको पठनपाठन कुनै पनि

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको