नेपालगन्ज । नेपालगन्जमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–११ स्थित ईदगाह रोडमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बर्दिया राजापुर नगरपालिका –१० का २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल शनिबार राति एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक चौधरीको नर्सिङहोम नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी आयुस जोशीले बताए ।
ठक्कर दिएर फरार रहेको मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले घटनास्थल पुगेर सो वरिपरिका स्थानीयसँग सोधपुछ गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


















प्रतिक्रिया