२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

अधिक तरलता : राष्ट्र बैंकले आज फेरि ४० अर्ब उठाउँदै



काठमाडौं। केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो । आज माघ २० गते उक्त २१ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले गत पुस २८ गते लिएको ४० अर्ब आजै परिपक्क भएपछि थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी, ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी मिति फागुन ११ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले माघ १५ गते ३० अर्बको निक्षेप संकलन उपकरण जारी थियो । जसमा १२ बैंकहरुले २५ आवेदन मार्फत १५ अर्ब ५० करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २।९९ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ १५ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ४४ पटकमा १६ खर्ब ९३ अर्ब २० करोड रुपैयाँ उठाएको छ । यसमध्ये २ खर्ब ६ अर्ब ५५ करोड रुपैयाँ फिर्ता हुन बाँकी छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ११ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट