२३ चैत्र २०८१, शनिबार | April 5, 2025

पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग



काठमाडौँ, १८ माघ स् नेपाल पत्रकार महासङ्घले संविधान र कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी पत्रकारिता गर्न पाउने उपयुक्त वातावरण राज्यले निर्माण गर्नुपर्ने माग गरेको छ ।

सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा महासङ्घले गठन गरेको ‘मिडिया मिसन’ ले तयार पारेको प्रतिवेदन आज सार्वजनिक गर्दै पत्रकार दाहाललगायतका धरानका पत्रकारमाथि हुने धाकधम्की र आक्रमणका कारण विस्थापित हुनेसम्मको अवस्था आएको जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, “यसले दीर्घकालमा समाजलाई नै अहित गर्ने भएकाले नागरिकस्तरमा पत्रकारको सुरक्षा, पत्रकारिताको महत्व र सूचनाको अधिकार विषयमा सार्वजनिक रूपमा बहस गर्न आवश्यक छ ।”

महासङ्घले सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुखबाटै सामाजिक सञ्जालमार्फत आतङ्क सिर्जना गर्ने र प्रमुखका समर्थकले पीडित र परिवारलाई थप पीडा दिने गरी सामाजिक सञ्जालमा लेख्ने, भिडियो बनाउने, व्यक्तिगत मोबाइल नम्बर, म्यासेन्जरमा धम्कीपूर्ण भाषा प्रयोग गरेर निरन्तर गाली गरिरहेकाले उक्त कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

“स्थानीय सरकार प्रमुखले नेपालको संविधानमा भएका व्यवस्था नमान्ने, आफूलाई कानुनमाथि राखेर कानुन विपरीत कार्य गर्नु वाञ्छनीय होइन, आफ्नो लागि आफैँ कानुन बनाउने अभिव्यक्ति दिने गरेका नगरप्रमुखमा नेपालको प्रचलित कानुन र त्यसको अभ्यासका बारेमा जानकारी अभाव वा दम्भ देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

पत्रकारले आफू सुरक्षित रहेको महसुस गरेको अवस्थामा मात्र निर्भिक भएर पत्रकारिता गर्ने वा विकृति विरुद्ध कलम चलाउने वातावरण बन्ने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ०४ बजे

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ

नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाल बार एशोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका