१६ फाल्गुन २०८१, शुक्रबार | February 28, 2025

रोटरी क्लब अफ भैरहवा र सर्वेश्वर शिव मन्दिर नौडिहवाको आयोजनामा महायज्ञ हुने



बुटवल । रोटरी क्लब अफ भैरहवा र सर्वेश्वर शिव मन्दिर नौडिहवाको आयोजनामा यही माघ २२ गतेदेखि रुपन्देहीको ओमसतिया गाउँपालिका-३ मा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । भवन निर्माण, डाइलाइसिस सेन्टर सञ्चालन तथा क्लिनिक स्थापना गर्ने उद्देश्यसहित आर्थिक शंकलनका लागि महायज्ञ आयोजना गर्न लागिएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष तथा महायज्ञ संयोजक रामप्रसाद पन्थीले जानकारी दिए ।

कुनै पनि विपन्न तथा गरिव परिवारले आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यकासाथ स्वास्थ्य सेवाको अभियानका लागि महायज्ञ आयोजना गरिएको संयोजक पन्थीले जानकारी दिए । महायज्ञ बारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रोटरी क्लबले पहिलो चरणमा कम्तिमा ५ वटा बेडसहितको डाइलाइसिस सेन्टर स्थापना गरी दैनिक २० जनालाई सेवा उपलब्ध गराउने उद्देश्य राखिएको उल्लेख गरे ।

महायज्ञबाट संकलित रकमबाट मन्दिरको क्षेत्र बिस्तार तथा भौतिक संरचना निर्माणमा समेत प्रयोग गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर बस्नेतले जानकारी दिए । महायज्ञमा २ करोड बढी रकम संलन गर्ने लक्ष्य राखिएको उनले बताए ।महायज्ञमा अच्युतकृष्ण अधिकारी मुख्य बाचकको रुपमा रहने छन् भने कमल नयन दास जी महाराजको विशेष उपस्थिती रहने र बाबा कालिदास जी महाराज पनि बाचकका रुपमा उपस्थित रहने मन्दिरका अध्यक्ष  बस्नेतले जानकारी दिए ।

महायज्ञको कलश यात्रासहित समुद्घाटन गरि हरेक दिन विहान ६ बजेदेखि ११.४५ बजेसम्म पूजापाठ, मध्याह्न देखि दिनभर कथा बाचन तथा हरेक दिन साँझमा नियमित माहात्म्य भजन आयोजना गरिने छ । माघ ३० गतेसम्म आयोजना हुने महायज्ञमा भक्तजनले ग्रह शान्ति, रुद्री पूजा, चौरासी पूजा, काल्प दोष शान्ति, तुलादान, व्रतबन्ध, शनिग्रह शान्ति तथा विशेष पितृ उद्धार महाआरतीका कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : २० बजे

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा

काठमाडौँ । मधेस प्रदेशबाहेक देशका अधिकांश भु-भागमा आज वर्षा भएको

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण

गोलबजार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

डिजल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले

नेपाल बारको अध्यक्षमा आरपीएलएएनबाट रमणकुमार श्रेष्ठ उम्मेदवार

काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले