१६ फाल्गुन २०८१, शुक्रबार | March 1, 2025

सञ्चार मन्त्रालयद्वारा दोस्रो सय दिनमा गरेका काम सार्वजनिक



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शत्प्रतिशत कार्यसम्पादन गरेको जनाएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शत्प्रतिशत कार्यसम्पन्न गरिएको बताइन ।

उनले माघ १७ गतेसम्म भएका कार्यविवरण प्रस्तुत गर्दै दूरसञ्चार सेवाको ‘नेटवर्क कभरेज ग्याप एसेस्मेन्ट’ प्रतिवेदन, डाटा सेन्टरको मापदण्ड तयार भएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएका बताइन । जसमा ६७६ हुलाक कार्यालय, छवटा हुलाक निर्देशनालय, एक गोश्वारा हुलाक कार्यालय, ७० जिल्ला हुलाक कार्यालय रहेको र ८० हुलाक काउन्टरसमेत स्थापना भई सञ्चालनमा रहेको त्यस अवसरमा जानकारी दिइयो ।

यस्तै, कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएस) सञ्चालनका लागि थप सात वटा निकायमा तालिम सञ्चालन गर्ने भनिएकामा १० वटा निकायमा तालिम सञ्चालन गरिएको, २० प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भएको र चालु आर्थिक वर्षमा ३० वटा प्रणाली थप गरी ९३ वटा प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भइसकेको छ ।

सचिव अर्यालले ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवाको पहुँच शून्य दशमलव ३६ प्रतिशतले विस्तार भएको र यसबाट थप एक लाख ५१ हजार २५ जना लाभान्वित भएको बताउनुभयो । चालु आवमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा एक दशमलव ७२ प्रतिशत पुगेको छ । यसरी एक दशमलव ७२ प्रतिशत वृद्धि हुँदा थप पाँच लाख १७ हजार ६३ जना लाभान्वित भई हालसम्म १३ लाख ४२ हजार ५३२ जनाले सेवा प्राप्त गरेको सचिव अर्यालले जानकारी दिइन ।

यस्तै, मोबाइल सेवाको पहुँच विस्तार भई हालसम्म दुई लाख ३७ हजार ४३६ जना लाभान्वित भएको मन्त्रालयले जनाएको छ । चालु आवमा मोबाइल सेवामा थप १६ लाख ६५ हजार ७० को पहुँचमा भई हालसम्म दुई करोड ९९ लाख ५४ हजार ७११ जनाले सेवा प्राप्त गरेका छन् ।

प्राप्त जानकारीअनुसार फोरजी (एलटिई) सेवाको पहुँच विस्तारमा दोस्रो सय दिनभित्र १७ लाख ४९ हजार ३७४ जना लाभान्वित भएका छन् पहिलो सय दिनमा समेत गरी हालसम्म दुई करोड ५० लाख ७५ हजार ४१९ जनाले सेवा प्राप्त गरेका छन् । गोरखापत्रका पुराना प्रकाशनको थप ८ वर्षको ‘डिजिटलाइजेसन’को कार्यसम्पन्न भएको छ । यस अवधिमा थप १६ वर्षको डिजिटलाइजेसन कार्यसम्पन्न भई हालसम्म कुल ८४ वर्षको डिजिटल रूपान्तरण गरिएको छ ।

रेडियो नेपालका थप एक हजार वटा पुराना ‘अडियो टेप’को डिजिटल रूपान्तगरण गर्ने भनिएकामा मन्त्रालयले थप एक हजार ४५३ वटा पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । यस अवधिभर दुई हजार ८८६ वटा थप गरी हालसम्म ५४ हजार ३८६ पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । रेडियोको राष्ट्रिय पहँुच थप एक प्रतिशतले वृद्धि भई हालसम्म ९४ प्रतिशतमा पहुँच विस्तार भएको छ भने टेलिभिजन पहुँच ७२ प्रतिशत पुगेको छ । रेडियो नेपालबाट प्रसारण हुने समावेशी कार्यक्रम दनुवार भाषा थप गरी हालसम्म २५ वटा भाषा पुगेको छ ।

गोरखापत्र दैनिकमा बाम्बुले राई भाषा थप गरी समावेशी कार्यक्रम ९नयाँ नेपाल० प्रकाशन गरिएको छ । यस आवमा गोरखापत्र दैनिकमा रानाथारू र बाम्बुले राई भाषा थप गरी ४५ भाषामा समाचार प्रकाशन गरिएको छ । यस्तै, मन्त्रालयले मोबाइल नेटर्वक विस्तारमा समेत जोड दिँदै आएको सचिव अर्यालले बताइन। जसअन्तर्गत दोस्रो सय दिनभित्र थप शून्य दशमलव ८१ प्रतिशतले मोबाइल सेवा विस्तार भएको छ ।

एफटिटिएच सेवा ७७ वटै जिल्लामा पुगेको छ । फोरजी÷एलटिई सेवा पाँच दशमलव ९९ प्रतिशतले विस्तार भई हालसम्म ८५ दशमलव ९८ प्रतिशत जनसङ्ख्यामा पुगेको, नागरिक एपमा आबद्ध सरकारी सेवा ६४ पुगेको, जिआइओएसएम लागू भएका थप १० वटा सरकारी कार्यालयमा तालिम सञ्चालन गरिएको र हालसम्म ९५ वटा निकायमा तालिम सञ्चालन गरिएको छ ।

यस्तै, २४ कोरमाथिको थप २७८ किमी अप्टिकल फाइबर विस्तार भई हालसम्म १७ हजार १५० किमी पुगेको छ । दोस्रो सय दिनमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा विस्तार शून्य दशमलव ३६ प्रतिशतले भई हालसम्म ४४ दशमलव ७२ प्रतिशतले विस्तार भएको छ । मन्त्रालयले साइबर सुरक्षा सूचकाङ्क ६९ दशमलव ७६ प्रतिशत रहेको जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : २० बजे

प्रधानमन्त्री लक्षित महानगर प्रमुख बालेनको स्टाटस : एमाले महासचिव पोखरेलको जवाफ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा

काठमाडौँ । मधेस प्रदेशबाहेक देशका अधिकांश भु-भागमा आज वर्षा भएको

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण

गोलबजार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

डिजल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले