काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको छ ।
केहीबेर अघि दिउँसो १ बजेबाट संघीय संसदका दुवै अधिवेशन सुरु भएको हो ।
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा र अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको बैठक सुरु भएको जानकारी गराउँदै आफ्नो संक्षिप्त धारणा राखेका छन् ।
सभामुख घिमिरेले बैठक अघि बढाउन खोज्ने वित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आआफ्नो ठाउँबाट बोल्न पाउनुपर्ने माग गरेका छन् । बैठकमा आकस्मिक समय माग गर्दै रास्वपाका सांसदहरु आआफ्नो स्थानबाट उठेपछि सभा अघि बढ्न सकेको छैन ।
सभामुखले सभालाई अघि बढाउन वातावरण बनाउनुपर्ने भन्दै आकस्मिक समय दिन नसक्ने बताइरहेका छन् । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन चाहिरेका छन् ।
भिडियो
प्रतिक्रिया