१२ फाल्गुन २०८१, सोमबार | February 24, 2025

संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि



काठमाडौं । टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश ९बागमती० लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको हो।

टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्‍यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १० : ३० बजे

युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय

संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ- प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद रेणु चन्द

काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो

कम्युनिष्ट आन्दोलनका अग्रज अधिकारी र निरौलालाई प्रचण्डको सम्मान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार