८ फाल्गुन २०८१, बिहिबार | February 21, 2025

मधेस केन्द्रित दलले बनाए ८ सदस्यीय कार्यदल



काठमाडौं। तराइ मधेस केन्द्रित दलले गठबन्धन र मोर्चा बनाउनका लागि कार्यदल गठन गरेका छन् ।

काठमाडौंमा बिहीबार बसेको तराइ मधेस केन्द्रित ८ राजनीतिक दलले कार्यदल बनाएर गठबन्धनको बारेमा आधिकारिक धारणा सार्बजनिक गर्नेसमेत निर्णय लिएका छन् ।

कार्यदलमा जनता समाजवादी पार्टीवाट इस्तियाक राई, जनमत पार्टीवाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा, जनता प्रगतिशील पार्टीवाट शिवजि यादव र तराइ मधेस लोकतान्त्रिक पार्टीवाट ब्रजेस सिंह रहेको केशव झाले जानकारी दिए ।

दलहरुबीच मधेशको एकीकृत धारणा बनाउन ढिलाई गर्न नहुनेमा सहमति बनेको छ । मधेशी मोर्चालाई नयाँ ढंगले अघि बढाउन मधेसकेन्द्रित दलहरुबीच केहीसमयदेखि छलफल चल्दैआएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : २१ बजे

पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज

रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा

शनिबारदेखी बुटवलमा जी.बी. कोइरालाको स्मृतिमा महिला भलिबल प्रतियोगिता हुँदै

बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालको स्मृतिमा शनिबारदेखि बुटवलको सिद्देश्वरी

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : क्वाटरफाइनल समिकरण पूरा, भोली समिफाइनलका खेलहरु हुने

बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा