८ फाल्गुन २०८१, बिहिबार | February 21, 2025

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित



काठमाडौं। पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रनमात्र जोड्न सफल भएको थियो ।

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।

उता, नेदरल्याण्डका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडेरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन् ।

यो जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ४ : ०६ बजे

पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज

रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा

शनिबारदेखी बुटवलमा जी.बी. कोइरालाको स्मृतिमा महिला भलिबल प्रतियोगिता हुँदै

बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालको स्मृतिमा शनिबारदेखि बुटवलको सिद्देश्वरी

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : क्वाटरफाइनल समिकरण पूरा, भोली समिफाइनलका खेलहरु हुने

बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा