७ फाल्गुन २०८१, बुधबार | February 20, 2025

धरान चिनाउने बुढासुब्बा गोल्डकप



धरान । यतिबेला धरानमा बुढासुब्बा गोल्डकपको चर्चा निक्कै भइरहेको छ । धरानलाई चिनाउने थुप्रै मिथक छन् तर खेलकुदको शरह भनेर चिनाउने एउटै मात्र प्रतियोगिता भनेको बुढासुब्बा गोल्डकप हो ।

कोशी पहाडको प्रवेशद्वार धरानलाई थुप्रै मिथक र विषयले चिनिन्छ, सौखिन, फेसनेवल र लाहुरेको शहर भनेर चिनिएको धरानलाई पछिल्लो समय खेलकुदप्रेमीको शहर भनेर चिन्न थालिएको छ । खेलकुदको शहर भनेर चिनाउने कार्यमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्वपूर्ण रहेको छ ।

बुढासुब्बा गोल्डकप मेरो सपनाजस्तै हो पूर्वराष्ट्रिय खेलाडी साथै धरान फुटबल क्लबका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने, “शुरुआती समयमा खेलाडी हुँदा धरानमा एउटा गोल्डकप बनाउछु भनेर सपना बोकेर हिडे त्यो सपना आज पूरा भएको छ ।”

उनले भने, “धरान बुढासुब्बा गोल्डकप आज एउटा प्रतिष्ठाको रूपमा उभिएको छ । २०५५ सालमा सालमा धरान फुटबल क्लबको स्थापना गरी २०५५ सालदेखि बुढासुब्बा गोल्डकपको आयोजना गरी निरन्तर सञ्चालन हुँदै आएको एक मात्र प्रतियोगिताले धरानलाई खेलकुलको शहर भनेर परिचित गराउन मुख्य भूमिका भने बुढासुब्बा गोल्डकपले खेलेको छ ।

राईले धरानमा धरान फुटबल क्लबको स्थापना गरी अन्तर्राष्ट्रियस्तरको फुटबल बुढासुब्बा गोल्डकप प्रतियोगिता सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको अनुभव सुनाउनुहुन्छ । सानै उमेरबाट फुटबल खेलप्रति रुचि राख्दै राष्ट्रिय खेलाडीको रूपमा आफ्नो ‘करियर’ सुरु गरेको उनले बताए । उनले भने, “यहाँसम्म पुग्दा सहज भने पक्कै थिएन सबैको साथ सहयोग र हौसलाले गर्दा धरान फुटबल क्लबले पहिलोपटक बुढासुब्बा गोल्डकपको आयोजना गरेको हो । उहाँको अनुभवले धरानमा फुटबलको विकासमा महत्वपुर्ण भुमिका र योगदान पु¥याएको छ । अध्यक्ष राईकै पहलमा २०५९ सालमा धरान उपमहानगरपालिका–१७ मा पूर्वाञ्चल एन्फा एकेडेमी टेक्निकल सेन्टरको स्थापना भएको हो । जुन एकेडेमीले अहिले सयौँ खेलाडी उत्पादन गरिरहेको छ ।

उनले भने, “बुढासुब्बा गोल्डकप सुरू भएसँगै धरानमा फुटबल र खेलप्रतिको क्रेज बढ्दै गयो । अन्य खेलको पनि महत्व छ तर बुढासुब्बा गोल्डकप नेपालकै पुरानो र सम्मानीत फुटबल क्लबमध्ये एक मानिन्छ । बुढासुब्बा गोल्डकपले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धरानलाई चिनाएको छ ।” बुढासुब्बा गोल्डकपले धरानलाई मात्र चिनाएन, धरानका खेलाडीसमेतलाई चिनायो । नेपालका ‘ए’ डिभिजन क्लबमा धरानका खेलाडीले प्राथमिकता पाए अहिले सयौँ खेलाडीले फुटबल ‘करिअर’ बनाएको राईको अनुभव छ ।

धरान प्र्रकृति सौन्दर्य र संस्कृतिको विविधता भएको ठाउँको रूपमा परिचित छ । यसमा थप पहिचान दिलाउने काम भने बुढासुब्बा गोल्डकपले गरेको छ । धरान उपमहानगरपालिका–१५ का सागर घिमिरे सानै उमेरदेखि खेलाडी बन्ने सपना बोकेर चार वर्षको उमेरदेखि फुटबल खेल खेल्न सुरु गरेको सुनाउछन्। फुटबल खेलमै आफ्नो भविष्य देख्नुभएको घिमिरे अहिले बुढासुब्बा गोल्डकपको कोचसमेत बनिसक्नु भएको छ । सानै उमेरदेखि खेलमा रुचि राख्ने उनी फुटबल खेल्न सिक्नका लागि हरेक खेलकुद मैदान पुग्ने गरेको अनुभव सुनाउँछन्।

पछिल्लो समय युवा पुस्ताका लागि फुटबल खेल मनोरञ्जनका लागि मात्र नभएर करियर स्वास्थ्य प्रेरणा र सामाजिक सम्पर्कको लागि महत्वपूर्ण माध्यमको रूपमा विस्थापित भएको छ । उनले भने, “घर परिवारमा कोही पनि खेलप्रति रुचि नराख्ने परिवारमा म मात्र हो खेलप्रति रुचि भएको, सानो उमेरमा साथीभाइले खेलेको फुटबल देख्दा आकर्षित भए यसरी नै खेलप्रतिको मेरो ‘क्रेज’ बढ्दै गयो ।

पूर्वखेलाडी घिमिरेले बुढासुब्बा गोल्डमै २३ पटक कोचको भूमिका निर्वाह गरिसकेको बताए । “यसको सबै श्रेय भने बुढासुब्बा गोल्डकपलाई जान्छ”, उनले भने, “जुन समय मलाई लाहुर बन्ने सपना नभएको चाहिँ हैन, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न शुरु गरे त्यसपछि लाहुर बन्ने सपना छोडेर खेलाडी भन्ने सोचले अगाडि बढ्न थाले अहिले ताइवान, भुटान, चीनलगायतका देशमा भाग लिई फुटबल लिगहरू खेलिसकेको छु ।”

यस खेलले सफल खेलाडीलाई राम्रो आर्थिक लाभ प्रसिद्ध र अवसर पनि रहेकाले फुटबल खेललाई पेशाको रूपमा अपनाउन सकिने भएको कारण पनि पछिल्लो पुस्ताका युवाहरू खेलमा बढी आकर्षित हुँदै गएको उनको भनाइ छ । फुटबल खेलले विशेष गरेर शारीरिक रूपमा स्वास्थ्य रहनका साथै यस खेलले सहनशीलता, शक्ति गतिशीलता र मानसिक रूपमा पनि तन्दुरुस्त बनाउन ठूलो भूमिका खेलिरहेको उनले बताए ।

बुढासुब्बा गोल्डकप प्रतियोगिताले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले भने, “यो खेलको नाम बुढासुब्बा मन्दिरसँग जोडिएको छ । जुन धरानको ऐतिहासिक धार्मिक स्थल हो, धरानलाई खेलकुदको सहरका रूपमा मात्र बुढासुब्बा गोल्डकपले चिनाएन पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गर्न ठूलो योगदान पु¥याएको छ ।”

उनले भने, “नेपालका प्रतिष्ठित क्लबसँगै अन्तर्राष्ट्रिय टिमको सहभागिता हुन्छ यो खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि साथै स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।” प्रत्येक वर्ष आयोजना हुने बुढासुब्बा गोल्डकप खेलकुदको प्रवर्द्धन गर्न मात्र नभएर धरानको आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षसमेतलाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको अध्यक्ष तामाङले बताए ।

बुढासुब्बा गोल्डकपले खेलकुदको विकाससँगै युवा खेलाडीलाई दिने ‘प्लेटफर्म’ र राष्ट्रिय फुटबलको स्तर सुधारमा ठूलो योगदान पुर्याउँदै आइरहेको छ । अध्यक्ष तामाङले भन्नुभयो, “बुढासुब्बा गोल्डकप खेलले खेलाडीलाई अन्तराष्ट्रियस्तरमा चिनाउनका साथै फुटबल खेललाई लोकप्रिय बनाउनमा ठुलो टेवा पुगेको छ ।” फुटबललाई मात्रै खेल र मनोरञ्जनको एक साधन हो भन्ने सोच हाबी छ । यसले प्रचुर सम्भावना भएर पनि यहाँ खेल पर्यटनको अवधारणा फस्टाउन सकेको छैन । जुन स्थानीय सरोकारवालाले खासै ध्यान दिएको पाइँदैन ।

प्रत्येक वर्ष बुढासुब्बा गोल्डकप सञ्चालन हुन्छ, वर्षका रु एक करोडको लगानीमा खेल सञ्चालन हुने गरेको छ, जसमा स्थानीय सरकारबाट १० प्रतिशत सहयोग हुने गरेको छ भने बाँकी हङ्कङ, बेलायत, सिङ्गापुरलगायत देश विदेशमा रहने व्यक्तिबाट हुने चन्दा र सहयोगबाट सञ्चालन हुने गरेको उउनले बताए ।

बुढासुब्बा गोल्डकपले खेलको विकासमा टेवा त पुग्ने नै भयो अध्यक्ष तामाङ धरानको पर्यटन प्रवर्द्धनमा यसले पनि निक्कै सहयोग पुग्ने बताउँछन्। गोल्डकप सञ्चालन हुँदा सहभागी खेलाडी टिमका र अफिसियलले धरानका होटल एक सातासम्म खचाखच हुन्छ । यतिबेला समय फुटबल हेर्न सनुसरीका विभिन्न ठाउँ साथै प्रदेशका मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायतका जिल्लाबाट खेलप्रेमी दर्शक खेल हेर्न आउने गरेको क्लबका अध्यक्ष तामाङको भनाइ छ ।

बुढासुब्बा गोल्डकपले नेपाली फुटबलमा नै नयाँ लहर ल्याएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । बुढासुब्बा गोल्डकप शुरु भएसँगै धरानमा दर्जनौँ गोल्डकप खेल शुरु भएको उनको भनाइ छ । उनले भने, “पहिले राम्रो खेलाडी बन्नको लागि काठमाडौं, पोखरालगायतका ठाउँमा गएर खेलको तालिम लिनुपर्ने अवस्था थियो । पछिल्लो समय बुढासुब्बा गोल्डकप शुरु भएसँगै यसले ल्याएको लहरले काठमाडौँ मात्र नभएर बाहिरी देशका खेलाडीसमेत बुढासुब्बा गोल्डकपले चिनाउने गरेकाले बुढासुब्बा गोल्डकप धरानको मात्र नभएर नेपालकै उदाहरणीय गोल्डकपको रूपमा विस्थापित भएको उनले बताए ।

बुढासुब्बा गोल्डकपको सुरु भएसँगै धरानमा गोधुली फुटबल क्लब, हाम्रो धरान, भेट्रान, भेट्रान फुटबल, सुवास राई स्मृति कप, नगरपालिका महिला कपलगायत दर्जनौं फुटबल खेल शुरु भएकाले बुढासुब्बा गोल्डकप उदाहरणीय गोल्डकप फुटबलको रूपमा लिन सकिन्छ । यसले नेपालको फुटबलमा ठूलो युगान्तकारी परिवर्तन दिएको उनको भनाइ छ ।

बुढासुब्बा गोल्डकपले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उहाँले बताउनुभयो । उनले भने, “बुढासुब्बा गोल्डकपले सयौँ राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ भने यस गोल्डकपले नयाँ पुस्ताका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर र प्लेटफर्मको बुढासुब्बा गोल्डकपले दिएको छ ।

बुढासुब्बाको गोल्डकपको २५ औँ संस्करण
बुढासुब्बा गोल्डकपको २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण संस्करण यही माघ १९ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिताको लागि आर्थिक समिति खेलाडी, समिति प्रचारप्रसार समिति सुरक्षा समितिलगायतका समिति बनाइएको अध्यक्ष तामाङले बताए । साथै, खेल अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त पारिने उनले बताए। उनले भने, “क्लबका तर्फबाट ५० जनाभन्दा बढी सुरक्षा स्वयंसेवक, निजी सुरक्षा गार्डसमेतको व्यवस्था गरिएको छ ।”

क्लबले खेलको तालिकासमेत सार्वजनिक गरिसकेको छ । १९ गते पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र चार पटकको बिजेता पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए ।

धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छ्रिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । यसमा उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  २ : ४५ बजे

प्रकृति लम्साल मृत्यु प्रकरण : प्रकृतिको शव भैरहवा ल्याइयो

बुटवल । भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए

काठमाडौं । उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको

चौध लाख किशोरीले लगाए क्यान्सरविरूद्धको खोप

काठमाडौंँ । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप

‘जनताको करबाट चल्ने राससले जनताको समाचारलाई प्राथमिकता दिनुपर्ने’

नेपालगन्ज । नेपालगन्जका अग्रज पत्रकारहरुले राष्ट्रिय समाचार समिति (रासस)ले जनजीविकाका

राससका पत्रकार तथा कर्मचारी पुरस्कृत, ६ विधामा १२ जनाले पाए पुरस्कार

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा