७ फाल्गुन २०८१, बुधबार | February 19, 2025

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सबमा पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

“आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार १ हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ)हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला !” प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ९ : ३६ बजे

राससका पत्रकार तथा कर्मचारी पुरस्कृत, ६ विधामा १२ जनाले पाए पुरस्कार

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा

लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह व्याईजलाई

बुटवल । बुटवलमा बुधबार सम्पन्न लखन कप नकआउट फुटबल प्रतियोगिता

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : तेस्राे दिन आज पाँच खेल सम्पन्न

बुटवल । दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता

महिला उद्यमीको प्रदर्शनी : सीप सिक्ने थलो बन्दै

नेपालगन्ज । सामान्यतया नेपालमा हुने गरेका मेला महोत्सव सामाग्रीहरुको बेचबिखन

मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित