२ बैशाख २०८२, मंगलबार | April 15, 2025

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ : सभामुख



काठमाडौं । सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गरेका छन ।

तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ । “सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उनले उल्लेख गरेका छन ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ६ : ४७ बजे

गभर्नर नियुक्तिबारे गगन – बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको

शिक्षकको माग सम्वोधन गराउन गगन-विश्वप्रकाशको पहलकदमी

काठमाडौं। काठमाडौंमा दुइ साता देखी आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि

आजदेखि त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाटै लिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका

प्रचण्डले गरे रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन

नवलपुर । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै