२३ चैत्र २०८१, शनिबार | April 5, 2025

सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घको आपत्ति



काठमाडौँ । सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घले भनेको छ, “अगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।”

महासङ्घले आज विज्ञप्ति जारी गरी सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्यमान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र सङ्घीय संसद्सँग आग्रहसमेत गरेको छ ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : २३ बजे

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ

नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाल बार एशोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका