४ फाल्गुन २०८१, आइतबार | February 16, 2025

डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु



डोल्पा । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।

मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको वडाअध्यक्ष बुढाले बताए ।

आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १ : २८ बजे

बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या

बुटवलमा भोलिबाट तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता हुँदै

बुटवल । रुपन्देहीको बुटवलमा सोमबारदेखि सातौ बुटवल खुल्ला लन टेनिस

परराष्ट्रमन्त्री राणा र यूएईका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (यूएई)का विदेश,

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)