१ फाल्गुन २०८१, बिहिबार | February 14, 2025

बुटवलका अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर



बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।

विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो रु तीन करोड ४३ लाख ३९ हजार चार सय ३३ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको शतप्रतिशत जरिवाना मागदाबी गरिएको छ । साथै सोही ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम निज प्रतिवादीलाई हदैसम्मको कैद सजाय मागदाबी अदालतमा दायर अभियोग पत्रमा गरिएको राजस्व अनुसनधान कार्यालय बुटवलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार प्रतिवादी मियाँले आर्थिक वर्ष २०७८/८९ मा भन्सार चोरी पैठारी गरी मालवस्तु कारोबार गर्ने गरेको सूचनाका आधारमा निजको व्यावसायिक फर्ममा राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले २०७९ असार २४ र २५ गते खानतलासी गर्दा मौज्दात घटीबढी देखिएको र निजको बैंक स्टेटमेन्टमा आर्थिक वर्ष २०७८/७९ मा फर्ममा देखाइएको कारोबारभन्दा बढी देखिएको आधारमा निजले राजस्व छली गरेको प्रमाणित भएको बताइएको राजस्व अनुसन्धान कार्यालल बुटवलले जनाएको छ ।

प्रतिवादी मियाँको राजस्व कार्यालय बुटवलले अनुसन्धानका क्रममा कारोबारका सम्बन्धमा आवश्यक सोधपुछका लागि पटकपटक सम्पर्क गर्दा पनि उपस्थित नभई फरार रहेको र इलाका प्रहरी कार्यालय बुटवलले खोजतलास गर्दा समेत फेला नपरेकाले मुद्दामा अदालतबाट म्याद जारी भई पक्राउ गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : ३३ बजे

वामपन्थीहरुबीच ध्रुवीकरण गर्दै समाजवादी आन्दोलनको बाटोमा अगाडि बढ्नु अहिलेको दायित्व

बुटवल । जनयुद्ध दिवस मनाउने कार्यक्रममा सहभागी बक्ताहरुले दश वर्षे

नेसपा नयाँ शक्तिका नवनिर्वाचित अध्यक्ष डा भट्टराईद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष

बुटवलको अक्सफोर्ड माविले तीन दिवसीय कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँदै

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले आफ्नो ३४

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट

अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै

काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका