३ चैत्र २०८१, आइतबार | March 16, 2025

महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ । गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो ।

उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ शुक्रबार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी निभाइएको थियो । केही दिनअघिसम्म डढेलोले भीषण रूप लिए पनि हाल नियन्त्रणमा आएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अधिकृत चिनिकाजी श्रेष्ठले हेलिकप्टरसँगै सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको जानकारी दिए । एक हप्तापछि डढेलो नियन्त्रणमा आए पनि केही ठूलो रुखका ठुँटाहरूमा धुवाँ आइरहेको उनले बताए ।

खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको जनाइएको छ । श्रेष्ठका अनुसार थामलेकस्थित चिसापानी सामुदायिक वन, मूलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृति सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वन आगलागीबाट धेरै क्षति भएको छ ।

यसैबीच, पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानमा आगलागीपछि बुधबारबाट आवतजावतमा रोक लगाइएकामा आजदेखि खुला गरिएको छ । आगलागी नियन्त्रणमा आएसँगै उक्त क्षेत्रमा जान खुला गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ को वन क्षेत्र जोखिममा भएकाले त्यस क्षेत्रमा नजान आन्तरिक एवं बाह्य पर्यटकलाई रोक लगाइएको थियो ।

यस्तै, आगलागीबाट पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरमा क्षति पुगेको अनुमान गरिएको छ । त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रुख, जङ्गली जनावर तथा चराको बासस्थानबारे अनुगमन गरिने वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ५७ बजे

‘कांग्रेस कसैको पनि सेवा सुविधा बढाउने पक्षमा छैन’

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई

घट्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले