२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

पूर्वाधार र सुशासनका विषयमा माओवादीद्वारा विज्ञहरूसँग अन्तर्क्रिया



काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वाधार र सुशासनका विषयमा विज्ञहरुसँग छलफल अन्तर्क्रिया गरेको छ ।

माओवादीको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा सांसदहरु र विज्ञहरुबीच अन्तर्क्रियाआयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय गौरबका आयोजनाको अवस्था, विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे विज्ञहरुले आआफ्नो धारणा राख्नेछन् ।

संसद् र संसद बाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले बताएका छन्।

काठमाडौंमा जारी छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु, योजाविद्हरु, पत्रकार लगायत सहभागी छन् ।

सो छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरुः समस्या र सम्भावित समाधानहरुको पहिचान विषयमा प्रस्तुतीकरण दिनेछन् ।

यस्तै पत्रकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिनेछन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दल स् चुनौतीहरु र आगामी बाटो विषयमा विशेष सम्बोधन बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ३४ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट