१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला



काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेका छन्।

शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्।

ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो।

‘अलग-अलग स्थानमा किशोरीको शव फेला परेको छ,’ अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले भने, ‘प्रहरी घटनास्थल पुगेको छ।’

शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली हिँडेको उनले बताए।

‘अन्दाजी १४-१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ।’

भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए। बेलुका बाख्रा-पाठा घर फर्किए तर किशोरी फर्किएनन्।

शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो।

‘गाउँलेले दुई जनाको शव फेला पारी पहिचान गरेपछि प्रहरीलाई खबर आएको थियो,’ भण्डारीले भने।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २४ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध