२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

अक्सफोर्ड मावि बुटवलमा अन्तर्राष्ट्रिय फुड फेस्टिबल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न



बुटवल । अक्सफोर्ड मावि बुटवलमा कक्षा ११ र १२ होटल म्यानेजमेन्टका विद्यार्थीको आयोजनामा अन्तर्राष्ट्रिय फुड फेस्टिबल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

प्राचार्य दिनेश भुसालको अध्यक्षतामा भएको खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए ।

प्राध्यापक सुमन भुसालले फुड फेस्टिबल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिनको लागि कार्यकम आयोजना गरेको बताए ।

२०५९ सालमा स्थापना भएको यस मा। विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रवुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा १५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको सङ्ख्या ४५० रहेको छ ।

खाना महोत्सव कार्यक्रममा विभिन्न ७ ओटा देशका खानाका स्टलहरू रहेका थिए । जसमा नेपाल, भारत, चाइना, इटाली, अमेरिका, मेक्सिको र इन्डोनेसियाका विभिन्न परिकारहरू रहेका थिए । करिब ४ हजारको उपस्थितिमा भएको कार्यक्रममा १२ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक उमङ्ग पौडेलले बताए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए।अन्तर्राष्ट्रिय खाना महोत्सव कार्यक्रमबाट नाफा भएको रकम विद्यार्थीहरूले सामाजिक काममा प्रयोग गर्ने प्राध्यापक सुमन भुसालले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, दिप बोडिङ्ग स्कुलका प्राचार्य टिकाराम न्यौपाने, स्कलर्स होमका प्राचार्य बाबुराम बन्जाडे पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, ड्रिम इन्टरनेशनल होटलकाका अध्यक्ष गोपाल राना, साहिल्याण्ड होटलका अध्यक्ष नहकुल शाहि, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका टिकाराम शर्मा, यादव पौडेल, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन प्राध्यापकद्वय उमङ्ग पौडेल र विवेक न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : २३ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको