२९ मंसिर २०८२, सोमबार | December 16, 2025

‘पुष्पा २’का निर्देशक सुकुमारको घरमा आयकर विभागकाे छापा



हैदाराबाद । सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ । यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ र भारतको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

एकातिर यो फिल्मको सक्सेस पार्टीका निर्माता–निर्देशकहरु मनाउँदैछन् भने अर्कातिर यो फिल्मसँग जोडिएका ब्यक्तिहरूको घर–अफिसमा आयकर छापा मार्ने क्रम शुरु भएको छ ।

न्यूज १८ को वेबसाइटमा प्रकाशित समाचार अनुसार आयकर विभागका अधिकारीहरूले बुधबार (२२ जनवरी) हैदराबादस्थित ‘पुष्पा २’ निर्देशक सुकुमारको घर र कार्यालयमा छापा मारेका थिए। साक्षीका अनुसार छापा बिहान सबेरै सुरु भएको थियो र केही घण्टासम्म चलेको थियो। त्यो बेला सुकुमार हैदराबाद एयरपोर्टमा थिए जब आयकर अधिकारीहरूले उनलाई उनको निवासमा छापा मारिएको थियो ।

यद्यपी छापा मार्नुको उद्देश्य र नतिजाबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । यस छापा मार्ने सम्बन्धमा आयकर विभागका कुनै पनि अधिकारीले कुनै बयान दिएका छैनन्। सुकुमार हालै रिलिज भएको फिल्म ‘पुष्पा २ः द रुल’ को सफलताको आनन्द लिइरहेका बेला यो छापा मारिएको हो । यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् र यो फिल्मले विश्वभर १८०० करोडभन्दा बढी कमाई गरेको छ ।

साथै हिजो मात्रै आयकर विभागले निर्माता दिल राजुको सम्पत्तिमा पनि छापा मारेको छ । आयकर अधिकारीहरूले कर छलीको आशंका गर्दै कागजातहरू जाँच गरिरहेका छन्। यो कारबाही कथित बेहिसाब आम्दानीको अनुसन्धानको हिस्सा भएको बताइएको छ । अधिकारीहरूले सम्भावित कर छली पत्ता लगाउन वित्तीय रेकर्ड र लेनदेनको जाँच गरिरहेका छन्।

थप बिवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ५४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको