काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १८ गतेदेखि दुवै संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
माघ १८ गते दिउँसो १ बजे बैठक बोलाउने गरी सिफारिस भएको छ ।
सरकारले अधिवेशन बोलाउन ढिलाइ गर्यो भनेर विपक्षी दलहरुले एकस्वरले विरोध गर्दैआएका छन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।
प्रतिक्रिया