१७ चैत्र २०८१, आइतबार | March 31, 2025

वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू ८० अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा रू एक खर्ब चार अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व सङ्कलनमा सुधारोन्मुख रहेको बताए। “सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छ,” उनले भने, “साउनयताकै पुस महिनामा उच्च राजस्व सङ्कलन भएको छ ।”

वीरगञ्ज भन्सारले चालु आवको साउन महिनामा रू १२ अर्ब १५ करोड राजस्व सङ्कलन ग¥यो । त्यसैगरी, भदौमा रू १३ अर्ब ४२ करोड, असोज महिनामा रू १३ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी, कात्तिकमा रू ११ अर्ब १० करोड, मङ्सिरमा भने रू १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् रू १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक रू दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा रू २३ अर्ब ३४ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : १९ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन